दोलखा ,च्छोरोल्पा नर्सिङ कलेजमा अध्ययनरत एक युवती होस्टलको पाँच तलामाथिबाट हाम फालेर गम्भीर घाइते भएकी छन् ।

दाेलखा सदरमुकाम चरिकोटमा रहेकाे च्छोरोल्पा नर्सिङ कलेजमा नर्सिङ पहिलो वर्षमा अध्ययनरत अन्दाजी १९ वर्षीया करुणा अधिकारीले होस्टलको पाँच तलामाथिबाट हाम फालेर बताईएकाे छ । आत्महत्याको प्रयास गरेकाे हाे या केही कारण हाे प्रहरीले प्रारम्भिक अनुसन्धान गरिरहेकाे जिल्ला प्रहरी कार्यालय दाेलखाले जनाएको छ ।

पाेखरा स्थाई घर भएकी अधिकारी विदामा घर गएकी उनी बुधबार मात्र चरिकोट फर्किएकी कलेजका सञ्चालक पृथ्वी बहादुर श्रेष्ठले संचारकर्मीहरूलाई बताउनुभएको छ । घरबाट आएको भोलिपल्टै उनले होस्टलको पाँचौ तलाबाट हाम फालेकी  र उनको अवस्थामा गम्भीर भएकाेले उपचारार्थ काठमाडौं लगिएको श्रेष्ठले बताउनुभयो ।

श्रेष्ठका अनुसार ती युवतीले डिप्रेसनको औषधि समेत सेवन गर्दै आएकी थिइन् । अवस्था गम्भीर रहेकोले काठमाडौं रिफर गरिएको दोलखाका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक युवराज खड्काले जानकारी दिनुभएकाे छ । आत्महत्याको प्रयास गरेको हो या केही हाे भन्नेबारे केही खुलेको छैन अनुसन्धान भईरहेकाे खड्काको भनाइ छ ।