काठमाडाैँ, मङ्सिर १० गते । 

प्रह्लादको उद्धार गर्न विष्णुले नरसिंहको अवतार लिई हिरण्यकश्यपको वध गरे सँगै पाटनको मङ्गलबजारको कात्तिक डबलीमा प्रदर्शन गरिने कात्तिक नाचको सबैभन्दा महत्त्वपूर्ण अंश नरसिंह अवतार सकिएको छ ।

शनिबार बेलुका कात्तिक नाचको आठौँ दिनमा उक्त नाच प्रस्तुत गरिएको हो । यो नाच मल्लकालीन राजा सिद्धिनरसिंह मल्लले ३८३ वर्षअघि सुरु गर्नुभएको मानिन्छ ।

देश र जनताको कल्याणको लागि राजा मल्लले गुरुद्वय हरिवंश उपाध्याय तथा विश्वनाथ उपाध्यायको सल्लाहमा ‘कात्तिक नाच’ चलाएको जनविश्वास छ । २७ दिन सम्म यो कात्तिक नाच अहिले १० दिनमा सीमित भएको छ । विभिन्न समयमा यो घटबढ भएपनि बन्द भएको इतिहास भने छैन । कोरोनाको संक्रमणकाल समेत दुई दिन भए पनि देखाइएको यो नाच यो वर्ष २ गते सुरु भएको थियो भने भोली सोमबार दधि लीला प्रदर्शन पश्चात् समापन हुनेछ ।

-गोरखापत्र