बूढानीलकण्ठ क्षेत्रमा लुटपाट गरेको आरोपमा २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा रौतहटको मौलापुर नगरपालिका-४ घर भएका १९ वर्षीय सरोजकुमार साह र सोही ठाउँका २० वर्षीय राधेश्याम साह छन् ।बूढानीलकण्ठ नगरपालिका-२ बीएमसी स्कुल नजिक किराना पसल सञ्चालन गरेकी ७५ वर्षीया शारदा थापा पसलमा बसिरहेको अवस्थामा गलामा लगाएको एक तोला ९२ लालको सुनको सिक्री सरोजकुमारले लुटेका थिए । सिक्रिसहित उनलाई प्रहरीले पक्राउ गरेको छ ।त्यसैगरी बूढानीलकण्ठ-२ माथिल्लो भंगालमा ३ जेठमा ५६ वर्षीया सुमित्रा श्रेष्ठको करिब डेढ तोलाको सिक्री राधेश्यामले लुटेको आरोप लागेको छ । राधेश्यामको साथबाट सिक्री भने फेला परेको छैन ।
प्रतिकृयाहरु