एएफसी यु२३ एसियन कप छनोट प्रतियोगितामा अन्तर्गत आफ्नाे पहिलो खेलमा नेपालको यु२३ राष्ट्रिय फुटबल टिम सोमबार इरानको यु२३ टिमसँग ४–० ले पराजित भएको छ ।

ताजकिस्तानको रिपब्लिकन सेन्टर स्टेडियममा भएको खेलमा नेपालले बलियो इरानलाई पूर्वाद्र्धमा गोलरहित बराबरीमा रोकेको थियो । तर मध्यान्तरपछि सुरु भएको खेलको दोस्रो मिनेटमा नै इरानका लामोउचिताराजीको गोलले नेपाललाई पछाडि पार्यो । त्यसपछि इरानका नोकोडारले ७७ र ७९ औँ मिनेटमा लगातरा गोल गर्नुभयो । इन्जुरी समयको तेस्रो मिनेटमा सलमानीले पनि डिबक्स बाहिरबाट गोल गर्नुभयो ।

यसअघि, खेलको १७ औँ मिनेटमा इरानले पेनाल्टीमा गोल गर्ने अवसर गुमाएको थियो । अभिषेक रिजालले विपक्षी खेलाडीलाई डिबक्समा लडाएपछि नेपालले पेनाल्टी वेहोरेको थियो । तर इरानको कप्तानले सो मौाकको सदुपयोग गर्न सकेन । नेपालले अर्को खेल बिहिबार घरेलु टोली ताजकिस्तानविरुद्ध खेल्नेछ ।