काठमाडौं-  पछिल्लो २४ घण्टामा १० हजार ३१९ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।  १६ हजार ६५४ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा आठ हजार ५४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।त्यस्तै, चार हजार ५४७ जनामा एन्टीजेन परीक्षण गरिएकोमा दुई हजार २६५ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयले नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९५.७ प्रतिशत रहेको जनाएको छ ।पछिल्लो २४ घण्टामा दुई हजार ५४० जना कोरोनामुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । सोही अवधिमा चार जनाको मृत्यु भएको छ । नेपालमा हालसम्म कोरोनाबाट ११ हजार ६५९ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।यसैगरी, मुलुकमा हालसम्म ८२ हजार ५५० जना सक्रिय सङ्क्रमित रहेका छन् । साथै पछिल्लो २४ घण्टामा एक लाख १९ हजार ३७१ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।।