नेपाल फर्किन चाहने नेपालीका लागि युएईको अबुधाबीस्थित नेपाली राजदूतावासले बुधबार नयाँ सूचना दिएको छ। मङ्गलबार बनाएको गुगल लिङ्कमा समस्या भएको भन्दै दूतावासले नयाँ सूचना सार्वजनिक गरेको हो। 

मङ्गलबार सार्वजनिक गरिएको गुगल लिङ्कमा विवरण भरेका नेपालीले भने नयाँ लिङ्कमा विवरण उपलब्ध गराउनु नपर्ने जानकारी गराउँदै नयाँ व्यक्तिका लागि सूचना सार्वजनिक गरेको हो। 

दूतावासले सार्वजनिक गरेको सूचनामा भनिएको छ, ‘यसअघि प्रकाशन गरिएको गुगल फारमको लिङ्कमा प्राविधिक समस्या आएकोले तलको लिङ्क उपलब्ध गराइएको हो। गुगल फारममा आफ्नो विवरण उपलब्ध गराइसक्नु भएका व्यक्तिले पुनः यो फाराम भरिरहनु नपर्ने बेहोरा अनुरोध छ।’ 

पर्यटक भिसा तथा ट्रान्जिट रहेका, भिसा समाप्त भएका र तत्काल नेपाल फर्कन चाहने विद्यार्थीलाई कन्सुलर सेवा विभागको लिङ्कमा विवरण उपलब्ध गराउन दूतावासले अनुरोध गरेको छ।