जाडोयाममा खोया हाँसहरु नेपालका अग्ला हिमाल नाघेर भरतीय क्षेत्रमा जाडो छल्न जान्छन्। केहि नेपालतिरै अल्मलिन्छन् । हाल उक्त खोया हाँस केहि दिन देखि टौदहमा देखिएको छ l अंग्रेजीमा यसको नाम Bar headed goose भनिन्छ l 

मध्य एशियामा हजारौंको उपनिवेशमा पहाडी तालहरू र दक्षिण एसियामा जाडोमा, प्रायद्वीप भारतसम्म दक्षिण एसियामा प्रजनन गर्ने हाँस  हो। यसले जमिनको गुँडमा एक पटकमा तीनदेखि आठवटा अण्डा दिन्छ। यो हिमालय पार गर्दा यो चरम उचाइमा पुग्छ भनेर चिनिन्छ।ग्रीष्मकालीन बासस्थान उच्च-उचाई तालहरू हो जहाँ चराहरू छोटो घाँसमा चर्छन्। यो प्रजाति हिमालय पार गर्नु अघि तिब्बत, काजाकिस्तान, मंगोलिया र रसियाबाट दक्षिणतिर बसाइ सरेको रिपोर्ट गरिएको छ।

यहि क्रममा बैज्ञानिकहरुले ९ हजार ६ सय ७८ मिटर माथि बाट हिमाल नाघ्दै गरेका खोया हाँसको अवलोकन र अनुसन्धानबाट नौलो तथ्य भेट्टाएका छन् । त्यो उचाइ भनेको ब्यापारिक प्रयोजनका लागि उड्ने विमान भन्दापनि माथि हो ।

अहिलेसम्म बैज्ञानिकहरुले के विश्वास गर्दै आएका थिए भने चराको पुच्छरमा ठोक्किने हावा र माथिल्लो भागमा धकेलेर बहने हावाले गर्दा चरा सजिलोसित उड्ने गर्छन् । तर नर्थ वेल्स स्थित  बेङ्गोर विश्व विध्यालयका अनुसन्धानदाता चार्ल्स बिसोपलाई त्यसमा शंका लाग्यो  र उनले नेपालका हिमाल माथिबाट उड्ने खोया हाँसको अनुसन्धान गर्ने निर्णय गरे । त्यो अध्ययन गर्न उनको टोलीले एक दर्जन भन्दा बढि खोया हाँस पक्रेर तिनको ढाडमा सानो थैली जस्तो बाँधे । त्यसमा भूउपग्रह ट्रान्समिसन (GPS)जोडिदिएर चरालाई छोडियो ।

त्यसबाट प्राप्त तथ्यले उनीहरु छक्कै परे । प्रोसेडिङस् अफ द नेशन एकेडेमी अफ साइन्स, युएसएमा हालसालै प्रकाशित रिपोर्टका अनुसार  यी चरा अपरान्हतिरबाट यात्रा शुरु गर्नुभन्दा  बिहानै वा साँझ उड्न शुरु गर्ने रहेछन् । अपरान्हतिरको त्यो बेला पृथ्वीबाट करिब १२ माइल प्रतिघण्टाका दरले तातो हावा माथितिर बहन्छ । तर विहान र राती भने हावाको बहाव तलतिर हुने गर्छ । त्यो बेला हावा ठण्डा र अलि बाक्लोपनि भएको हुन्छ । त्यसले गर्दा यी हाँसलाई अझ बढि माथि उचालिन सहज हुन्छ । ठण्डा हावाले शरिरबाट उत्पन्न तापलाई चिस्याउन सहयोग पुर्‍याउँछ । चिसो हावामा अक्सिजनको मात्रापनि बढि हुन्छ । त्यसले गर्द अझ उचाईमा उड्न हाँसलाई सहयोग सहज हुछ । उचाईमा पुग्दा हावा नरम हुन्छ ।

उनीहरु अर्को तथ्य देखेर पनि छक्कै परे । हाँसहरुले त्यत्रा हिमाल एकै दिन पार गर्ने रहेछन् । यति अग्लो हिमाल एकै दिन नाघ्न खोया हाँसले १० देखि २० गुणा बढाउनुपर्ने रहेछ अक्सिजनको प्रयोगमा । ठूला पखेंटा, ठूलै फोक्सो, उड्न मुख्य भूमिका खेल्ने मांशपेशीको वरिपरि बाक्लो संयन्त्र हुन्छ । फोक्सोमा अक्सिजनलाई राम्रोसित पठाउने हेमोग्लोबिनको मात्रा जसले चराको श्वास प्रश्वासलाई राम्रोसित संचार गराउँछ । त्यसले उडानमा मुख्य भूमिका खेल्ने मांशपेशीलाईपनि तगडा राख्छ । यि सबैको कारणले खोया हाँस यसरि उड्न सकेका हुन् ।