काठमाडौं, भदौ २९ गते । पछिल्लो २४ घण्टामा ११९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार चार हजार ८४ जनाको पिसिआर र एन्टिजेन परीक्षण गर्दा ११९ जनामा कोरोना पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार १९ सय ५५ जनाको पीसीआर परीक्षणबाट ८९ र एक हजार १२९ जनाको एन्टीजेन परीक्षणमा ३० कोरोना पुष्टि भएको हो ।

त्यस्तै, पछिल्लो २४ घण्टामा १३० जना सङ्क्रमित सङ्क्रमणमुक्त भएका छन् भने मृत्युदर शून्य रहेको मन्त्रालयले जनाएको छ ।

देशभर हाल सक्रिय सङ्क्रमितको सङ्ख्या दुई हजार १९१ जना  छ ।