वैदेशिक रोजगार लोक कल्याणकारी संघको पाँचौ वार्षिक उत्सव सम्पन्न (फोटो फिचर)

वैदेशीक रोजगारमा गएका व्यक्तिहरुको परिवारहरुको सशक्तिकरणमा काम गरीरहेको संस्था वैदेशिक रोगगार लोक कल्याणकारी संघले आफ्नो पाँचौ वार्षिक उत्सव मनाएको छ। एकान्तकुना स्थित एक ब्याङ्क्वेटमा आयोजना गरिएको कार्यक्रममा संस्थाको टिम, सदस्यहरु, साझेदार संस्थाहरुको उपश्थिति रहेको थियो।

करिब चार घण्टा चलेको कार्यक्रममा विभिन्न प्रस्तुतिहरु सहित संस्थाले गरीरहेको कामहरुको बारेमा सहभागीहरुलाई जानकारी दिईएको थियो। संस्था स्थापनाको उदेश्य, कार्यक्रमको महत्व र हाल सम्म गरेको कामहरुको बारेमा ‘वैदेशिक रोजगार लोक कल्याणकारी संघ’ का अध्यक्ष अनिरुद्र वैद्यले छोटो मन्तव्य दिनुभएको थियो। कार्यक्रममा संस्थाकी कार्यक्रम अधिकृत अजन्ता ढुगांनाले संस्थाले गर्ने काम र सञ्चालन गरीसकेको परियोजनाहरुको बारेमा फोटो सहित प्रस्तुतिकरण दिनु भएको थियो।

‘हाम्रो परिवारहरु विदेशमा हुनुहुन्छ तर यस संस्थाले हाम्रो ख्याल राखिरहेको छ। जसले गर्दा हाम्रो बच्चाहरुलाई राम्रो शिक्षा दिन मद्दत पुगेको छ।’ संस्थाको एक सदस्यले बिएसजी न्युजलाई बताए। उक्त कार्यक्रममा संस्थाले परियोजना सञ्चालन गरीरहेको परिवारको बालबालीकाहरु बाट नृत्य प्रस्तुतिहरु समेत राखिएको थियो। कार्यक्रममा विभिन्न समयमा सञ्चालन गरीएको तालिमहरुको सहजकर्ता प्रशिक्षकहरु र साझेदार संस्थाहरुलाई पनि मायाको चिनो प्रदान गरिएको थियो। सहजकर्ता मध्येकि एक सुमित्रा मग्रातीले वैदेशिक रोजगार लोक कल्याणकारी कोष सँग जोडिन पाउनु गर्वको कुरा भएको भन्दै आगामी दिनमा पनि सहयात्रा गर्न आफु तयार रहेको बताउनु भएको थियो।

वार्षिक कार्यक्रममा आगामी वर्षको परियोजनाहरुको बारेमा योजना निर्माण पनि गरिएको छ। कार्यक्रममा उपश्थित सदस्यहरु बाट नै परियोजनाहरुको प्रभावकारिता बारे पृष्ठपोषण लिनुको साथै आगामी दिनको लागी सुझाव संकलन गरीएको छ।

फोटो फिचर