कपिलवस्तुको विजयनगर गाउँपालिका –१ सिमरीचापामा अवैध काठसहित टिप्पर पक्राउ परेको छ । सुराकीको आधारमा इलाका प्रहरी कार्यालय गणेशपुरको सादा पोसाकमा खटिएका प्रहरी टोलीले टिप्पर नियन्त्रणमा लिएको हो । 

शनिवार राति पौने १२ बजे ना ८ ख २०५१ नम्बरको टिप्परमा २१ गोलिया काठ बरामद भएको प्रहरी निरीक्षक कृष्ण राना मगरले बताउनुभयो । बीचसडकमा मोटरसाइकल राखेर तीव्र गतिमा कुदाएको टिप्परलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । 

टिप्पर छाडेर चालक फरार भएको प्रहरीले जनाएको छ । बरामद गरिएको काठ र टिप्पर सब डिभिजन वन कार्यालय गुगौलीलाई बुझाइएको प्रहरीको भनाइ छ ।