बूढानीलकण्ठ नगरपालिका वडा नं १३ का स्थानिय स्वयंसेवक भरत श्रेष्ठद्वारा वडा भित्रका विभिन्न स्थानहरुमा सडक बत्तिहरु जडान कार्य शुरु गरेका छन्। वडा नं १३ का विभिन्न मुख्य सडकहरुका साथै टोल सडकहरुमा समेत बत्ति जडान गर्ने कार्य भइरहेको छ।

वडाभित्रका विभिन्न स्थानहरुमा अन्धकार हुँदा स्थानिय लगायत अन्य व्यक्ति आवतजावत गर्नका लागि असहज भइरहेको अवस्थालाई मध्यनजर गरि श्रेष्ठले पूर्ण रुपमा आफ्नो व्यक्तिगत खर्चमा सो सडक बत्तिहरु जडान गरेको श्रेष्ठ बताउँछन्। 

मुख्य सडक लगायत टोलभित्रका साँघुरो बाटोहरुमा अन्धकार रहेका कारण डर सिर्जना उत्पन्न हुने समस्याको समाधान स्वरुप बत्ति जडानको कार्य शुरु गरेको श्रेष्ठ बताउँछन्। त्यसका साथै वडा भित्रका केहि मुख्य सडकहरुमा बिरामी पर्दा एम्बुलेन्स समेत आवतजावत गर्न तथा अत्यावश्यक समयमा सवारी साधनहरुलाई आवतजावत गर्न निकै कठिनाई भइरहेको बाटोको स्थिति देखि उनि आफैँले रोलेरको सहायतामा बाटो सम्याउने कार्य समेत सम्पन्न गरिसकेका छन्। 

श्रेष्ठका अनुसार बत्ति जडान कार्य करिव तीनसम्ममा सम्पन्न हुने बताउँछन्। वडाका विभिन्न स्थानहरुमा गरि बत्तिहरु जम्मा ५० वटा जडान गरिनेमा आज पहिलो दिनमा २० वडा बत्ति राख्न सकिएको श्रेष्ठले जानकारी दिएका छन्। उनका अनुसार उक्त संख्यामा जडान गरिने सडक बत्तिको खर्च एस्टिमेट सात देखि साँढे सात लाखको रहनेछ।