काठमाडौँ- भदौ २३ र २४ गतेको घटना सम्बन्धी जाँचबुझ आयोगले अर्को तत्कालिन प्रधानमन्त्री र गृहमन्त्रीलाई बयानमा बोलाउने तयारी गरेको छ । यसबारे आयोगले आज प्रधानमन्त्री शुसीला कार्कीलाई जानकारी गराएको छ ।

प्रधानमन्त्री कार्कीलाइ यस विषयमा जानकारी गराएपछि आयोगका अध्यक्ष गौरीवहादुर कार्कीले सञ्चारकर्मीसंग कुरा गर्दै आउदो हप्ता तत्कालिन प्रधानमन्त्री र गृहमन्त्रीलाइ वयानका लागि वोलाउने तयारी आयोगले गरेको वताउनुभयो।

भदौ २३ र २४ गतेको घटना हुँदा प्रधानमन्त्री केेपी शर्मा ओली र गृहमन्त्री रमेश लेखक हुनुहुन्थ्यो। यसैबीच आयोगले आयोगको म्याद एक महिना थप गर्न सरकारसंग आग्रह गरेको छ ।

आज सिंहदरबारमा प्रधानमन्त्री सुशीला कार्कीेसंग छलफल गर्दै आयोगका पदाधिकारीहरुले जाँचबुझ आयोगको म्याद थप गर्न आग्रह गरेको हो । आयोगका अध्यक्ष पूर्वन्यायाधीश गौरीबहादुर कार्की सहित पदाधिकारीले ५ असोजमा गठित जाँचबुझ आयोगको म्याद सकिन लाग्दा बयान लिने क्रम नै जारी रहेको भन्दै म्याद थप गर्न आग्रह गरेको हो ।

आयोगका गौरीबहादुर कार्कीले आयोगलाई काम गर्न केहि समय अपुग भएकाले एक महिना थप गर्न प्रधानमन्त्री समक्ष आग्रह गरेको जानकारी दिनुभयो । जवाफमा प्रधानमन्त्री कार्कीले समय थप गर्ने जानकारी गराउनुभएको उहाले बताउनुभयो ।

जाँचबुझ आयोगले जेनजी घटनाका सम्बन्धमा सुरक्षा र प्रशासनका उच्च अधिकारीहरूको बयान लिइसकेको छ । असोज ५ गते तीन महिनाको म्यादसहित गठन भएको आयोगले असोज ९ गतेदेखि कार्यप्रारम्भ गरेको थियो । आयोगको म्याद यहि पुस ९ गते सकिदैछ ।।