सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको सु.प ०१००१ च ४९६४ नम्बरको बुलेरो जीप दुर्घटनामा ३ जनाको मृत्यु भएको छ । ५ जना घाइते भएका छन् ।

दैलेख जिल्लाको भैरवी गाउँपालिका–५ को काल गौडाको भिरमा यात्रुवाहक बुलेरो जिप सडकबाट करिब ४ मिटर तल खसेको थियो ।

दुर्घटनामा परी मृत्यु भएका ३ जनाको पहिचान खुल्न सकेको छैन प्रहरीले उद्धारको काम गरिरहेको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ ।

जिपमा ८ जना यात्रुहरू मध्ये १ महिला र २ जना पुरुष सहित ३  जनाको घटनास्थलमै निधन भएको छ ।

घाइते ५ जनालाई सुरक्षा कर्मी, स्थानीय सरकार, वरपरका स्थानीय र प्रहरीको सहयोगमा उपचारको लागि जिल्ला अस्पताल दैलेखमा ल्याइएको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ ।

तीव्र गतिका कारण ब्रेक फेल भई दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ  ।