दैलेखमा बन्चरो प्रहारबाट आमासहित तीन जनाको ज्यान गएको छ । चामुण्डाबिन्द्रासैनी नगरपालिका –३ पानीखोलामा बन्चरो प्रहारबाट आमा र दुई बच्चाको गरी तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी दैलेखका अनुसार बन्चरो प्रहारबाट अम्बरकी ३५ वर्षीया श्रीमती मनिषा सलामी मगर घरायसी विवादको क्रममा अम्बर सलामी मगरले आफ्नै श्रीमती र तीन जना छोराछोरीमाथि दाउरा काट्ने बन्चरो प्रहार गरेको दैलेख प्रहरीले जनाएको छ।
शनिबार बिहान करिब ९ः३५ बजे भएको घटनामा १२ वर्षीय छोरा तपेन्द्र सलामी मगर र तीन वर्षीया छोरी करिश्मा सलामी मगरको मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते दुवै बालबालिकालाई उपचारका लागि दुल्लु नगरपालिकास्थित नगर अस्पताल लगिए पनि चिकित्सकले बिहान ११ः१० बजे मृत घोषणा गरेका थिए।
६ वर्षीय छोरा मिलन सलामी मगर गम्भीर घाइते हुनुभएको छ । थप उपचारका लागि प्रदेश अस्पताल सुर्खेतमा रिफर गरिएको छ।
जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक तिलक भण्डारीले घटनामा संलग्न अम्बरलाई प्रहरीले नियन्त्रणमा लिएको जानकारी दिनुभयो । उहाँले घटनाबारे थप अनुसन्धान भइरहेको बताउनुभयो।

प्रतिकृयाहरु