बूढानीलकण्ठ यूवा समाजले आयोजना गरेको ५औ बूढानीलकण्ठ नगरकप फुटबल प्रतियोगिताको उपाधी बु.न.पा.४को शिवपुरी यूवा क्लबले जितेको छ । 

फाईनल खेलमा आयोजक बूढानीलकण्ठ युवा समाजलाई ३-० गोल अन्तरले हराउदै उपाधी रक्षा गर्दै ४ पटक बिजेता बनेको शिवपुरी क्लबले खेलको पहिलो हाल्फ्मा अग्रता बनाएको थियो ।

 

दोश्रो हाल्फ्मा थप २ गोल गर्दै समग्रमा ०-३ गोल अन्तरले शिवपुरी क्लबले उपाधी चुमेको हो ।

बूढानीलकण्ठ नगरपालीकाको मेयर उद्धब प्रसाद खरेल प्रमुख अतिथि रहेका कार्यक्रममा अखिल नेपाल फुटबल संघका अध्यक्ष कर्मा छिरिङ्ग शेर्पा बिशेष अतिथी रहेका थिए । ने.क.पा बूढानीलकण्ठ नगर कमिटीका संयोजक एबं यूवा तथा खेल्खुद सल्लाहकार समन्वय समितीका  रबिन अधिकारीले खेलाडीहरुलाई बल हस्तान्तरण गर्दै प्रतियोगिताको महत्वो बारे आफ्नो भनाई राख्दै गर्दा युवा समाजले निरन्तर गर्दै आएको फुटबल प्रतियोगिता यूवा तथा खेल प्रेमीहरुलाई जोड्ने माध्यम बनेको बताएका थिए । कार्यक्रम निरन्तर गर्दा बिभिन्न कठिनाई हुदै गर्दा पनि कार्यक्रमको समापनमा खेलप्रेमी माझ उपस्थित भएर दर्शकको उपस्थिथिले आफुलाई समेत उर्जा मिलेको अधिकारीले आफ्नो भनाईमा उल्लेख गरेका थिए ।

कार्यक्रममा बोल्दै एन्फा अध्यक्ष कर्मा छिरिङ्ग शेर्पाले बूढानीलकण्ठमा फुटबल खेलको माहोल राम्रो भएको ले स्थानीय सरकार बाट जग्गाको लागी पहल गरिदिने सम्भावना रहे बूढानीलकण्ठमा आफ्नो कार्यकालमा एउटा राम्रो मैदान बनाउने सोच रहेको बताए ।

प्रमुख अतिथि मेयर उद्धब प्रसाद खरेलले बिजेता उपविजेता खेलाडीहरुलाई बधाई दिदै बूढानीलकण्ठ नगरमा खेल पर्यटनको सम्भावनालाई संस्थागत गर्न नगरपालिका तयार रहेको बताए । प्रतियोगिताको उत्कृष्ट डिफेन्स शिबपुरीका शेखेर खड्का चुनिए भने उत्कृष्ट मिड पनि शिबपुरीका जमिन थापा रहे उत्कृष्ट खेलाडी वडा न ३ शिवपुरी नवप्रभाका रोशन ठकुरी रहे भने एमेर्जिङ्ग खेलाडी वडा न १३ का सन्तोष श्रेष्ठ रहे प्रतियोगिताको उत्कृष्ट गोल रक्षक आयोजकका निश्चल शाही ठकुरी रहे ।प्रतियोगिताको उत्कृष्ट ब्यबस्थापक शिवपुरी नव प्रभाका राधा कृष्ण ठकुरी रहे भने प्रतियोगिताको उत्कृष्ट टिम टिम ग्रीन रहदै नगद दश हजार प्राप्त गर्यो । बिजेता शिवपुरी क्लबले नगद ७५००० सहित शिल्ड मेडल प्रमाणपत्र प्राप्त गर्यो भने उप बिजेताले नगद ३७५००  सहित मेडल शिल्ड प्रमाणपत्र प्राप्त गर्यो ।