इरानी युद्धपोतले अमेरिकी नौसेनाको जहाजहरू कब्जा गर्ने प्रयास गरेको अमेरिकी नौसेनाले जनाएको छ । यो पछिल्लो प्रयास एक हप्ताको अवधिमा भएको दोस्रो घटना भएको ५ औं फ्लीटका प्रवक्ता टिम हकिन्सले शुक्रबार स्पुतनिकलाई बताएका छन् ।   

शुक्रबार अमेरिकी केन्द्रीय कमाण्ड नौसेना बलले सो घटनाको विवरण बारे विज्ञप्ति जारी  गर्दै यस किसिमको प्रयास बारे आफूहरू सचेत रहेको जनाएको छ ।  

अमेरिकी नौसेनाले एक इरानी युद्धपोतलाई सेप्टेम्बर १ मा  अरबी खाडीमा रोकेको थियो त्यसको बदलामा दुई दिनपछि लाल सागरमा अमेरिकी ५ औं  फ्लीटद्वारा सञ्चालित दुईवटा मानवरहित सतही जहाजहरू कब्जा गरेको अमेरिकी केन्द्रीय कमाण्ड नौसेना बलले जनाएको छ । 

इस्लामिक गणतन्त्र इरानको नौसेनाको जहाजले अर्को दिन अमेरिकी नौसेनालाई जहाजहरू फिर्ता गर्नु अघि अन्तरराष्ट्रिय  जलक्षेत्रमा सञ्चालित दुई अमेरिकी सेलड्रोन एक्सप्लोरर जहाजहरू कब्जामा लिएको छ विज्ञप्तिमा  उल्लेख गरिएको छ । 

ती जहाजहरू निशस्त्र थिए जसले वरपरको वातावरणको तस्बिरहरू खिचिरहेका थिए । त्यसमा कुनै जोखिम नरहेको र बिना कुनै घटना लगातार २०० दिनसम्म लाल सागरमा सञ्चालन भएको विज्ञप्तिमा उल्लेख छ।

अमेरिकी नौसेनाले मङ्गलबार इरानको रिभोलुसनरी गार्ड कोर्प्स नेवी जहाजलाई पर्शियन खाडीम कब्जा गर्नबाट रोकेको पनि जनाएको छ । रासस/एएनआई