काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ मा मतदातालाई प्रभावित पार्न पैसा बाँडेको आरोपमा नेकपा एमालेका प्रदेशसभाका उम्मेदवारलाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं ५ ख का प्रदेशसभा उम्मेदवारलाई प्रहरीले पक्राउ गरेको हो । त्यस्तै बुढानिलकण्ठ नगरपालिका- ६ का वडाध्यक्ष  र नेकपा एमाले बुढानिलकण्ठ नगरका अध्यक्ष प्रदीप डंगोललाई प्रहरीले पक्राउ गरेको हो ।

कांग्रेसका कार्यकर्ताहरु उम्मेद्वारी खारेजीको माग राख्दै बिरोध प्रदर्शन गरिरहेका छन्। आरोपित टोलिलाई हाल चक्रपथ महाराजगंज वृत लागिएको छ। प्रहरीले भने स्थानीयको भीडले घेरा हालेपछि उद्धार गरी सुरक्षामा राखिएको दाबी गरेको छ । प्रहरी प्रवक्ता डीआईजी टेकप्रसाद राईले भीडले घेरा हालेपछि दुई जनालाई उद्धार गरी प्रहरीको सुरक्षामा राखिएको बताए । 'भीडले दुई जनामाथि पैसा बाँडेको आरोप लगाएको छ ।यस विषयमा अनुसन्धान भइरहेको छ,' डीआईजी राईले भने ।अहिलेसम्म पैसा भने बरामद नभएको प्रहरीले जनाएको छ ।

 

यसै बिच प्रदेश सांसद उम्मेदवार दिपक निरौलाले एक स्टेटस लेख्दै पैसा बाँडेको आरोपको खण्डन गर्दै आरोपलाइ पुष्टि गर्न चुनौती दिएका छन्।

 " म क्यान्सर रोग बाट लामो समय देखि बिरामि तोक्मान लामा संग कुरा कानि गरि रहदा अनाबस्यक कुरा निकालि समाज आतडकित पार्ने कार्यनगरेको राम्रो हुन्छ। म राजनैतिक प्राणि हु गैर राजनैतिक काम मेरो आदर्श हैन। मेरो चुनौति छ मित्रहरु आरोप पुस्टी गर्नुस बरामद केहि छ भने सप्राण आउनुस।"