बाल विकास बोर्डिङ्ग हाई स्कुलका पूर्व विद्यार्थीहरु (BEST) को संयोजन तथा फ्रेस मिन्ट क्लिनिकको प्रायोजनामा एक दिने निशुल्क दन्त शिविरको आयोजना हुने भएको छ । 

फ्रेस मिन्ट क्लिनिकका दन्त चिकित्सक तथा सोहि विद्यालयको पूर्व विद्यार्थी (दशौँ ब्याच) समेत रहनुभएको डा.कृपा लामिछानेको उपस्थिति तथा रोहबरमा बाल बिकास स्कुलको प्राङ्गणमा उक्त शिविर सञ्चालन हुनेछ । शिविर विशेष गरि सोहि विद्यालयमा अध्ययनरत विद्यार्थीहरुका अभिभावकहरुका लागि सञ्चालित गरिने भएको हो ।  

दन्त शिविर मिति २०७९ फाल्गुन ८ गते सोमबार सञ्चालन हुनेछ । शिविरमा तोकिएको मितिमा बिहान १० बजेदेखि दिनको २ बजेसम्म विद्यालयको प्राङ्गणमा उपस्थित भई सेवा प्राप्त गर्न सकिनेछ ।    

उक्त सेवा लिनका लागि विद्यालयका प्रधानाध्यापक महेश श्रेष्ठ तथा बाल विकास बोर्डिङ हाई स्कूलका भू.पू. विद्यार्थी संगठनका अध्यक्ष बिक्रम श्रेष्ठले सबैमा अनुरोध गर्नुभएको छ ।