प्रभु बैंकले " बैंक अफ दि इयर २०२३’ को उपाधि प्राप्त गर्न सफल भएको सुखद खबर यहाँहरु समक्ष
बाँड्न पाउँदा हामी अत्यन्त उत्साहित छौ ।
बेलायतको लण्डनस्थित फाइनान्सियल टाइम्सले प्रकाशित गर्ने पत्रिका ।।।दि बैंकर’ले सन्२०२३ को " बैंक
अफ दि इयर’ बाट प्रभु बैंकलाई सम्मान प्रदान गरेको हो । सन्२००० देखि  " दि बैंकर’ले गर्दै आएको
" बैंक अफ दि इयर’ अवार्ड विश्वव्यापी बैंकिबमा सबैभन्दा प्रतिष्ठित अवार्ड हो । ।बैंक अफ दि इयर’
अवार्डलाई बैंकिब उत्कृष्टताको मानक अर्थात् ।।।बैंकिब उद्योगको ओस्कार’ मानिन्छ । विश्व अर्थतन्त्र
चौतर्फी मन्दीको मारमा रहे पनि प्रभु बैंक नयाँ बजार र ग्राहकहरूको व्यवसायको विकास गर्न
चुनौतीहरूको सामना गर्दै अधिक नागरिकलाई वित्तीय सेवा पु¥याएको, प्रतिस्पर्धी बैंकका बिचमा
विकसित व्यावसायिक वातावरण बनाउन र बलियो वित्तीय कार्यसम्पादन गर्ने क्षमताको मूल्यांकन
मापपदण्डका आधारमा अवार्डबाट सम्मानित भएको हो ।
' दि बैंकर’ले विश्वभरका १२० भन्दा बढी राष्ट्रका एक हजार भन्दा बढी बैंक मध्ये हरेक राष्ट्रबाट एउटा
उत्कृष्ट बैंकको छनौट गरी " बैंक अफ दि इयर’ बाट वर्षैपिच्छे सम्मानित गर्ने गरेको छ । बेलायतमा
भएको समारोहमा प्रभु बैंक सञ्चालक समितिका अध्यक्ष लिलाप्रकाश सिटौला, बैंकका प्रमुख कार्यकारी
अधिकृत (सिइओ) अशोक शेरचनले सम्मान ग्रहण गर्नु भएको छ । अवार्ड वितरण समारोहमा १२०
भन्दा बढी देशका ३५० भन्दा बढी बैंकका अध्यक्ष, सीईओ, सीएफओ र अन्य वरिष्ठ प्रबन्धकको
सहभागिता रहेको थियो ।
सम्मान प्राप्तीपछि अध्यक्ष सिटौलाले नेपालको बैंकिब प्रणालीको सफलतामा एउटा इँटा थप्न सफल
भएको बताउनु भएको छ । वर्तमान आर्थतन्त्रको पृष्ठभुमिमा प्राप्त भएको यो सम्मानले बैंकिब क्षेत्रमै
हैसला प्रदान गरेको छ । हाम्रा सेवा र सेयरधनीलाई उचित प्रतिफल दिन थप मद्दत पुग्ने छ’’ उहाँले
भन्नु भएको छ ।

त्यस्तै अवार्ड वितरण समारोहपछि सिइओ शेरचनलेप्रभु बैंकका सञ्चालक तथा कर्मचारीहरुको मेहनत,
सेयरधनी, सेवाग्राही तथा शुभचिन्तकको साथले सम्मान प्राप्त गर्न सफल भएको बताउनु भएको छ ।
यो सुखद सन्देशन हाम्रो संस्था, सेयरधनी, कर्मचारी, सेवाग्राही तथा शुभचिन्तकका लागि मात्रै हैन,
नेपालको बैंकिब क्षेत्रकैसफलताको ठानेको छु । आगामी दिनमा नेपाली बैंकिब क्षेत्रमा यस्तो सफलता
थप प्राप्त हुदै जानेछन् भन्ने विश्वास समेत छ’’ सिइओ शेरचनले भन्नुभएको छ । बैंकको सेवा थप
प्रभावकारी बनाउनेप्रतिबद्धता समेत जनाउनु भएको छ ।
२००६ सालमा प्रभु फाइनान्सबाट सुरु भएको हाम्रो यात्रा आफुलाई समयक्रमसँगै सृदृढ, विस्तारित
तथा बिभिन्न बैंकलाई समाहित गर्दै आजको सफलता सम्म आइपुगेको हो । प्रभु बैंक आज ३ सय बढी
शाखा सञ्जाल, ७१ एक्सटेन्शन काउण्टर, ३१० एटिएम मार्फत देशव्यापी रुपमा ३१ लाख भन्दा बढी
सेवाग्राहीलाई गुणस्तरीय बैंकिब सेवा तथा सुविधाहरु प्रदान गरिरहेको छ । २०७९ पुसमा सेञ्चुरी बैंक
प्रभुमा विलय गराएर एकिकृत कारोबार सुरु गरेको हो । सेञ्चुरी सहित बैंक, विकास बैंक र फाइनान्स
कम्पनी गरेर ८ वटा बैंक तथा वित्तीय संस्था गाभिएका छन्। हाल प्रभु बैंकको चुक्ता पुँजी २३ अर्ब,
सम्पत्ति करिब साढे तीन ३ खर्ब, निक्षेप संकलन साढे२ खर्ब र ऋण प्रवाह २ खर्ब ५३ अर्ब पुगिसकेको छ