बूढानीलकण्ठ नगरपालिका वडा नं २ द्वारा आर्थिक वर्ष २०७८/७९ को जेष्ठ महिनामा संकलन गरिएको राजश्व सार्वजनिक गरिएको छ। 

स्थानिय तह निर्वाचन २०७९ पश्चातको पहिलो महिना अर्थात जेष्ठ १ गते देखि जेष्ठ ३१ गतेसम्म वडाभित्र विभिन्न शिर्षकहरु मार्फत संकलित राजश्वको कुल रकम सार्वजनिक गरिएको हो। 

वडा नं २ द्वारा निर्वाचन पश्चात् पहिलो महिनामा कूल रु.३,५५,९५४.२५ (तीन लाख पच्पन्न हजार नौ सय चवन्न रुपियाँ) राजश्व संकलन भएको वडा कार्यालयले जनाएको छ। जसमध्ये सबैभन्दा धेरै राजश्व सिफारिस दस्तुर मार्फत रु.१,३६,९४८.२५ रकम प्राप्त भएको छ भने सो रकमलाई पछ्याउँदै सम्पत्ति कर मार्फत रु.१,३३,७७९ प्राप्त भएको कार्यालयको तथ्याङ्कमा उल्लेख गरिएको छ।

त्यस्तै घरबाहल करमा रु.३०,७०२,  व्यवसाय दर्ता (रजिष्ट्रेशन) दस्तुर मार्फत रु.२९,५००, भुमि कर तथा मालपोतबाट रु.११,०२५, व्यक्तिगत घटना दर्ता मार्फत रु.३६०० र अन्य दस्तुरहरु मार्फत रु.१०,४०० गरि जम्मा रु.३,५५,९५४.२५ कुल राजश्व संकलन भइसकेको वडाका अध्यक्ष राजेन्द्र श्रेष्ठले जानकारी दिनुभएको छ। 

त्यसैगरि पछिल्लो आर्थिक वर्षको मिति २०७८ श्रावण १ देखि २०७९ बैशाख ३१ गतेसम्ममा वडाबाट रु.१,२१,९८,६३५.७२ राजश्व संकलित भइसकेको समेत जानकारी अध्यक्ष श्रेष्ठले बताउनुभएको छ।     

पछिल्लो वर्षको संकलित राजश्व रकम र यस आ.वको पहिलो महिना (जेष्ठ)को कुल संकलित रकम रु.१, २५,५४,५८९.९७ जम्मा भइसकेको वडाल कार्यालयले जनाएको छ।