काठमाडौं, जेठ १९ गते। बिहीबार तत्कालीन राजा वीरेन्द्र शाहको परिवारको हत्या भएको २१ वर्ष पुगेको छ। २०५८ साल जेठ १९ गते राति नारायणहिटी राजदरबारमा राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्रसहित राज परिवारका आठजनाको हत्या भएको थियो। 

राजपरिवारका सबै सदस्य सहभागी भएको रात्रिभोजमा भएको हत्याकाण्ड अहिलेसम्म कसरी भयो भन्ने तथ्य सार्वजनिक हुन सकेको छैन। दरबार हत्याकाण्डमा राजा वीरेन्द्रको वंशमात्र सकिएन यो षड्यन्त्रको पर्दाफास हुन नसक्दा आजसम्म घटनामाथि आशंका बाँकी नै छन्। 


 

दरबार हत्याकाण्डपछि नेपालमा राजसंस्था नै इतिहास बनिसक्दासमेत यसको यथार्थ सार्वजनिक हुन सकेको छैन। घटनाको विषयमा बनेका छानबिन समितिले प्रतिवेदन सार्वजनिक गरे पनि त्यसमाथि धेरैले विश्वास गर्न सकेका छैनन्। 

वीरेन्द्रको वंशनाश भएको नारायणहिटी परिसरको त्रिभुवन सदन भत्काएर प्रमाण नष्ट गरिएको आरोपसमेत लाग्ने गरेको छ। दाजुको परिवारको वंशनाश भएको घटनाको अनुसन्धान र छानबिनमा तत्कालीन राजा ज्ञानेन्द्र शाहले खासै चासो नराखेको चर्चा त्यतिबेलै भएको थियो। त्यसपछि पनि त्यसबारेमा चासो देखाइन।

जेठ १९ गतेको दरबार हत्याकाण्ड अहिले हरेक वर्ष सम्झिएर मात्र बित्ने गरेको छ। राजदरबार हत्याकाण्ड भएको भोलिपल्ट  २०५८ जेठ लेखेकाे समाचार २१ गते गोरखापत्र दैनिकले विरलै प्रकाशन गर्ने आकाश गंगा (स्काई हेडलाइन) राखिएको थियो। विशेष अवस्था दैनिक पत्रिकाले मास्ट हेडभन्दामाथि समाचार प्रकाशन गर्ने गर्छन्। यसलाई नेपाली पत्रकारिताले समेत एउटा विशेष घटनाको रुपमा लिइएको छ। 

दरबार हत्याकाण्डपछि नारायणहिटी राजदरबारलाई संग्राहलयमा परिणत गरिएको छ। वीरेन्द्रको परिवारले प्रयोग गरेका केही सामग्री संरक्षित भएका छन् भने हत्या भएको स्थान वीरेन्द्र सदन भने भत्काइएको छ। 

फाइल तस्बिर : प्रकृति अधिकारी  / गोरखापत्र