नेपाल र चीनबिच छहरे–टोखा सुरुङ मार्ग निर्माण गरिनेसहित नौ बुँदे सहमति भएसँगै उत्साह छाएको छ । नेपाल र चीनको दुरी छोट्टाउने उक्त सुरुङ मार्ग निर्माणको सम्झौतासँगै नुवाकोट र रसुवावासी निकै खुसी भएका छन् ।

नुवाकोटको छहरेदेखि काठमाडौँको टोखासम्म निर्माण हुने आधुनिक सुरुङ मार्गले छिमेकी दुई देशबिचको दुरी छोट्टिनुका साथै, यातायातको चाप घट्ने र आन्तरिक एवं बाह्य पर्यटक बढ्ने भएकाले सर्वसाधारण खुसीका साथ उत्साहित भएका छन् । नुवाकोटको शिवपुरी गाउँपालिकादेखि टोखासम्म सुरुङ मार्ग वनेपछि पृथ्वी राजमार्गको यातायातको चापसमेत निकै कम हुने यातायात व्यवसायीहरू बत्ताउँछन् ।

बीआरआई फ्रेमवर्कमा नेपाल र चीनबिच हस्ताक्षर भएसँगै सोअन्तर्गत छहरे–टोखा सुरुङ मार्गसहित विभिन्न परियोजनाहरू चयन भएका छन् ।  प्रधानमन्त्री केपी शर्मा ओलीको चार दिने चीन भ्रमणका क्रममा बेल्ट एन्ड रोड इनिसियिटभ (बीआरआई) सहकार्य फ्रेमवर्कमा हस्ताक्षर भएसँगै छहरे–टोखा सुरुङ मार्ग निर्माणमा उत्साह थपिएको हो ।

आयात निर्यात, पर्यटन तथा दुरी छोट्टाउने उद्देश्यका साथ प्रस्तावित छहरे–टोखा सुरुङ मार्गका लागि गत वर्ष नेपाल सरकारले एक अर्ब रुपैयाँ बजेट विनियोजन गरेको थियो ।

नेपालको प्रस्तावमा चिनिया पक्षले नुवाकोटको छहरेदेखि काठमाडौँको टोखासम्म सुरुङ मार्ग निर्माण गर्ने सम्झौताले आम सर्वसाधारण निकै हर्षित र उत्साहित भएको बागमती प्रदेशका पुर्व मन्त्रि तथा एमाले नुवाकोटका अध्यक्ष बद्री मैनालीले वताउनुभयो ।

उहाँले यसले नुवाकोट र रसुवाका साथै नेपालकै अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने भएको हुँदा निर्माणका लागि सबै पक्षले सहयोग पुर्‍याउनेसमेत दाबी गर्नुभयो । छहरे–टोखा सुरुङमार्गको निर्माणसँगै साँघुरिँदै गएको काठमाडौँ उपत्यकाको सहरी संरचनाको विस्तारमासमेत सहयोग पुग्ने मैनालीले वताउनुभयो ।

छहरे–टोखा सुरुडमार्ग निर्माणको सहमति भएसँगै काठमाडौँदेखि टोखा–छहरे हुँदै सुरुङ मार्गबाट केरुङ पुग्न निकै सहज हुने र व्यापार व्यवसायसमेत बढ्ने नुवाकोट उद्योग वाणिज्य सङ्घले जनाएको छ । छहरे–टोखा सुरुङ मार्गले नेपाल, भारत र चीनबिच त्रिदेशीय व्यापारिक हबको कामसमेत गर्नेछ ।

यसबाट नेपाललाई निकै फाइदा हुनुका साथै विशेष गरी नुवाकोट, रसुवा र धादिङका जनताले अझ धेरै लाभ लिन सक्ने बागमती प्रदेश सभा सदस्य रमेशकुमार महतको भनाई छ । छहरे–टोखा सुरुङ मार्गलाई चर्चामै मात्र नराखी छिट्टो भन्दा छिट्टो निर्माण सुरु गर्नु पर्ने काँग्रेस नुवाकोटका सभापतिसमेत रहेका महतको भनाई छ ।

छहरे–टोखा सुरुङ मार्ग निर्माणको सम्झौतासँगै यसको कार्यान्वयनमा पूर्णता पाउन सबै पक्ष क्रियाशील हुनु पर्ने नुवाकोट उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजेन्द्र श्रेष्ठको भनाई छ । उहाँले छहरे–टोखा सुरुङ मार्ग निर्माणले व्यापार, पर्यटन, सांस्कृतिक आदानप्रदानका माध्यमबाट नेपालले छिट्टै आर्थिक विकासमा फड्को मार्नेसमेत वताउनुभयो ।

बिआरआई फ्रेमवर्क अन्तर्गतको सम्झौताले नेपाल विश्व समुदायसँग सुरुङ मार्ग, सडक, हवाई तथा बिद्युत् कनेक्टिभिटीका माध्यमबाट जोडिने विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठको भनाई छ ।

छहरे–टोखा सुरुङ मार्ग बन्ने सम्झौता कार्यान्वयन गरिनु पर्ने मेयर श्रेष्ठको माग रहेको छ । उहाँले छहरे–टोखा सुरुङमार्गले नुवाकोटमा समृद्धिको ढोका खुल्नेसमेत वताउनुभयो ।

यस वाट नेपालको विदेश मामिलामा साझा दृष्टिकोण निर्माण गरी राष्ट्ररहितलाई उँचो राख्ने कार्यमा सत्ता साझेदार दल नेपाली काँग्रेस लगायत अन्य दलहरूको सहयोग नेपाली इतिहासमा उदाहरणीय कार्य भएको बागमती प्रदेशका पूर्व आन्तरिक मामिला तथा कानुन मन्त्रि केशवराज पाण्डेले वताउनुभयो ।  दुई देशबिच पारस्परिक सहयोग अभिवृद्धि तथा विभिन्न विकास परियोजनामा आधारित सहमति भएसँगै नेपालले एउटा फड्को मारेको पाण्डेको भनाई छ ।

प्रधानमन्त्रीको चीन भ्रमणले  छहरे–टोखा सुरुङ मार्ग निर्माणले पहिलो प्राथमिकता पाएसंगै आम सर्वसाधारणमा खुसीको लहर आएको व्यापारीहरु बत्ताउँछन् ।