संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नागरिक उड्डयन महाशाखाका उप–सचिव प्रमोद नेपालले भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दर्ता गरेको छ । 

प्याराग्लाईडिङ्ग सञ्चालनका लागि अनुमति पत्र (लाइसेन्स) उपलब्ध गराइदिने कामका लागि सेवाग्राहीसँग नगद छ लाख रुपियाँ घुस लिइसकेको र साथमा थप १६ लाख ५० हजार रुपियाँ नगद भेटिएपछि आयोगले अनुसन्धान सुरु गरेको थियो । आयोगले दुवै रकम अवैध कमाइ भएको निष्कर्ष निकालेको छ । 

आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार, उपसचिव नेपालविरुद्ध २२ लाख ५० हजार रुपियाँ बिगो दाबीसहित विशेष अदालतमा अभियोगपत्र दर्ता गरिएको छ ।