चालु आर्थिक वर्ष २०७९्–८० को पहिलो तीन महिनामा दुई खर्ब आठ अर्ब ५८ करोड रुपियाँ राजश्व संकलन भएको छ । महालेखा परीक्षकको कार्यालयका अनुसार चालु आवको पहिलो तीन महिना साउन, भदौ र असोज महिनामा सो राजश्व रकम संकलन भएको हो । 

यो कुल संकलन गर्ने लक्ष्यको  १४.८७ प्रतिशत हो । सरकारले चालु आर्थिक वर्षमा १४ खर्ब तीन अर्ब १४ करोड ७० लाख रुपियाँ राजश्व संकलन गर्ने लक्ष्य राखेको छ । यस्तै, कर राजश्वतर्फ एक खर्ब ८९ अर्ब ३८ करोड रुपियाँ संकलन भएको छ । सरकारले चालु आर्थिक वर्षमा कर राजश्वतर्फ १२ खर्ब ९५ अर्ब ३७ करोड ५८ लाख रुपियाँ संकलन गर्ने लक्ष्य राखेकोमा हालसम्म १४.६२ प्रतिशत रकम संकलन भएको छ । 

गैर कर राजश्वतर्फ १९ अर्ब २० करोड ३५ लाख रुपियाँ संकलन भएको महालेखा परीक्षकको कार्यालयले जनाएको छ । 

दुई खर्ब ७८ अर्ब खर्च 

महालेखा परीक्षकको कार्यालयका अनुसार चालु आर्थिक वर्षको पहिलो तीन महिनामा दुई खर्ब ७८ अर्ब १६ करोड ६३ लाख रुपियाँ खर्च गरेको छ । जसमध्ये चालुतर्फ दुई खर्ब २३ अर्ब ७५ करोड २७ लाख रुपियाँ खर्च गरेको छ । विकास खर्च १९ अर्ब ६८ करोड ११ लाख रुपियाँ खर्च गरेको जनाएको छ । वित्तीय विनियोजनतर्फ ३४ अर्ब ७३ करोड २५ लाख रुपियाँ खर्च गरेको छ ।