जनगणना २०७८ अनुसार बूढानीलकण्ठ नगरपालिकाको जनसङ्ख्या करिब १,७९,६८८ पुगेको छ। केन्द्रिय तथ्याङ्क विभागले निकालेको प्रारम्भिक रिपोर्टमा नगरपालिकाको जनसङ्ख्या वि.सं २०६८ सालको भन्दा करिब ७२ हजारले बढि हो। त्यतिबेला नगरपालिकाको जनसंख्या १ लाख ७ हजार रहेको तथ्याङ्क थियो। 

 

२६,९१० घरमा गरिएको सर्वेक्षणमा पुरुषको जनसंख्या ८९,२८४ छ भने महिलाको ९०,४०४ पुगेको छ।