बूढानीलकण्ठ नगरपालिकाका किशोरी र महिलाहरुका लागी आत्मरक्षा (Women self defense) तालिम सञ्चालन हुने भएको छ ।

महिला तथा किशोरी माथी हुने हिंसा तथा शारिरिक रुपमा हुने दुर्व्यवहारहरुलाई प्रतिकार गर्दै यसको न्युनिकरण गर्न नगरपालिकाको नगर युवा परिषदले तालिम सञ्चालन गर्न लागेको हो। यस तालिम प्राप्त गर्नका लागि इच्छुक रहेका १२ देखी २५ वर्ष सम्मका किशोरी र महिलाहरुलाई पौष १९ गते सम्म नगरपालिकाको कार्यालयमा नाम टिपाउनुहुन नगर युवा परिषदले अनुरोध गरेको छ ।

थप जानकारिको लागी ९८४३१३८२७३ र ९८५१०००९३३ मा सम्पर्क गर्नुहुन परिषदले जनाएको छ ।