पछिल्लो २४ घण्टामा थप ८१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार तीन हजार ४४७ जनाको पीसीआर र एन्टीजेन परीक्षण गर्दा ८१ जनामा सङ्क्रमण पुष्टि भएको हो । एक हजार ९७ पीसीआर परीक्षण गर्दा ३९ र दुई हजार ३५० एन्टीजेन परीक्षण गर्दा ४१ जनामा सङ्क्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै, पछिल्लो २४ घण्टामा १७५ जना सङ्क्रमण मुक्त भएका छन् भने सो अवधिमा मृत्युदर शून्य रहेको छ । अहिले देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या १४ सय ८३ रहेको छ ।