बूढानीलकण्ठ नगरपालिका वडा नं २ स्थित तपेस्थली बृद्धाश्रममा सबिता राईद्वारा विभिन्न जाडोका लागि उपयोगि कपडाका साथसाथै खाद्य वस्तुहरु र नगद प्रदान गरिएको छ। 

प्यारामान्ट ह्युमन रिसोर्सेजको निर्देशक रहनुभएको राईले आफ्नो आमा विष्णु माया राईको वार्षिक पुण्य तिथि तथा बुबा भिम बहादुर राईको सम्झनामा बू.न.पामा रहेको आश्रममा रहेका आमाहरुलाई खानाका साथसाथै जाडो महिनाका लागि न्यानो कपडाका र नगद समेत प्रदान गरिएको छ।

स्थायि ठेगाना शिवसतासी धाम वडा नं ८ झापा र हाल बूढानीलकण्ठ नगरपालिका वडा नं ११ कपनमा बसोबास गर्दै आउनुभएको राईले यसका साथै अन्य विभिन्न सामाजिक कार्यहरुमा समेत संलग्न रहँदै आउनुभएको छ।