काठमाडौं, असार ३ गते। स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान झापाका तात्कालीन वरिष्ठ व्यवस्थापन सहायक भीमकान्त भण्डारीविरुद्ध ६ करोडभन्दा बढी बिगोसहित भ्रष्टाचार मुद्दा दायर भएको छ। 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार शुक्रबार भण्डारीविरुद्ध विशेष अदालतमा उक्त मुद्दा दायर भएको हो। 

सार्वजनिक पद दुरुपयोग गरेको भन्ने उजुरीमाथि अख्तियारले गरेको अनुसन्धानमा भण्डारीले ६ करोड २४ लाख ४ हजार ६ रुपियाँ भ्रष्टाचार गरेको देखिएपछि विशेष अदालतमा मुद्दा दर्ता भएको प्रवक्ता भण्डारीले जानकारी दिनुभयो। 

आरोपित भण्डारीले २०७३ साल असोज २१ देखि २०७७ साउन १ सम्म वरिष्ठ व्यवस्थापन सहायक पदमा रही करिब चार वर्ष काम गरेका थिए । 

२०७८ पुस मसान्तसम्म २६ लाख ६१ हजार ६३६ रुपियाँ आय आर्जन गरेको देखिन्छ । तर, भण्डारीको खर्च तथा लगानी अस्वभाविक भएको आयोगको ठहर छ ।