काठमाडौं, फागुन ११ गते । लोक गायक तथा कलाकार जयनन्द लामाको निधन भएको छ । कलाकार दीपाश्री निरौलाले लामाको निधन भएको जानकारी दिनुभएको हो ।

निरौला लामाको निधनको खबर सुनेर उहाँको घर पुग्नुभएको हो । उहाँका अनुसार आज बिहान घरमै गाडीबाट लडेको अवस्थामा उहाँ मृत अवस्थामा फेला पर्नु भएकाे थियाे । अहिले भने उहाँको शव पोष्टर्माटमका लागि अस्पताल लगिएको उहाँले बताउनुभयो ।

सिन्धुपाल्चोकको बाह्रबिसेमा जन्मिएका लामालले चलचित्र र टेलिश्रृंखलामा लगायत धेरै लोकगीत गाउनुभएको छ । पछिल्लो समय हाँस्य टेलीश्रृंखला हल्का रमाइलोमा उहाँले अभिनय गर्दै आएका थिए ।

उहाँका चुइँ चुइँ चुइँकने जुत्ता, उहिले त नब्बे साल, भोलि यतिखेर, हेर्दा राम्रो, मुलाको चाना, सलल पानी, कलकत्ते काइँयो लगायत थुप्रै लोकगीतहरु चर्चित छन् ।

यस्तै, नेपाली लोक दोहोरीको रियालिटी शो ‘नेपाल लोकस्टार’मा निर्णायकको भूमिका पनि निर्वाह गर्नुभएका थियाे ।