काठमाण्डौ क्षेत्र नं ५ गत चुनावमा ईश्वर पोखरेलले करिब १० हजारको अन्तरमा चुनाव जिते। यो पटक स्थानीय चुनावको मत हेर्ने हो भने गठबन्धन सबै दलको मत जोड्दा पनि एमालेले पाएको मत भन्दा कम हुन्छ। गठबन्धन भएमा पनि काङ्ग्रेसको भागमा पर्न सक्ने यस क्षेत्रमा साविक उम्मेदवार डा. प्रकाश शरण महत चुनाव लड्ने नलड्ने टुङ्गो लागेको छैन। यदि डा. महत नआए उम्मेदवार को हुने भन्ने अन्यौल कायमै छ। यद्धपि क्षेत्रिय सभापति श्याम खड्काको पनि नाम सिफारीस भएको छ।

स्थानीय चुनावमा देशका प्रमुख स्थानहरुमा स्वतन्त्र उम्मेदवारको विजयले संघिय चुनावमा स्वतन्त्र उम्मेदवारी दिनेहरु हौसिएका छन्। एक प्रकारले भन्ने हो भने बाढी नै आएको छ। अहिले सम्म हाम्रो जानकारीमा आए सम्म ७ जना उम्मेदवारले क्षेत्र नं ५ बाट स्वतन्त्र लड्ने भनेर घोषणा गरेका छन्। विजय कंडेल, प्रणय राणा, रञ्जु दर्शना, सुशान्त श्रेष्ठ, शैलेन्द्र बस्नेत, सिते बा, हेमराज थापा ले आफ्नो उम्मेदवारी रहने बताईसकेका छन्।

नागरीकहरुमा चरम वितृष्णा भएको बेलामा अब त स्वतन्त्रलाई दिने हो भन्दै बसिरहेको बेलामा यत्रा स्वतन्त्र उम्मेदवारले कसरी विजय पाउन सक्लान्? सामान्य मानिसले पनि बुझ्न सक्छ कि ७ जना स्वतन्त्र उम्मेदवारले स्थापित दलको लिगेसिलाई च्यालेन्ज दिन गार्हो हुन्छ।

यि हुन क्षेत्र नं ५ का उम्मेदवारहरु।

१. रञ्जु दर्शना

२०७४ सालको स्थानीय चुनावबाट नेपाली राजनितिमा उदाएकि रञ्जु दर्शना काठमाण्डौ महानगरपालिकाको मेयरमा उम्मेदवार बन्दा २३ हजार ४ सय मत प्राप्त गरेकी थिईन्। प्रौढ राजनितिज्ञहरुको बोलवाला रहेको बेलामा २१ वर्षिय युवाले ल्याएको भोटले देश नै तरङ्गित भएको थियो। राजनितिक रुपमा विविकशील नेपाली दलको उम्मेदवार भएपनि उनले स्वतन्त्र उम्मेदवारको रुपमा त्यो भोट ल्याएकी थिइन्। यसपटक प्रतिनिधी सभाको निर्वाचनमा काठमाण्डौ क्षेत्र नं ५ मा उम्मेदवार बन्ने घोषणा गरेकी उनको चुनावी अभियान मिडिया केन्द्रित भएको छ।

२. सुशान्त श्रेष्ठ

जर्मनीमा सुचना प्रविधीमा स्नातकोत्तर गरेर फर्किएका सुशान्त श्रेष्ठ बागमति प्रदेश सभाका सांसद गणेश दुलालको स्वकिय सचिवको रुपमा साढे चार वर्ष काम गरेको अनुभव छ। क्षेत्र नं ५ कै वासिन्दा उनि पार्टी राजनिति छोडेर स्वतन्त्र उम्मेदवारको रुपमा आफ्नो चुनावी अभियान चलाईरहेका छन्। उनले धापासिमा कार्यालयनै खोलेर आफ्नो क्यामपेन अगाडी बढाईरहेका छन्। सुशान्त श्रेष्ठले अरु उम्मेदवारको तुलनामा ग्राउण्डमा गतिविधी बढाईरहेका छन्।

३. प्रणय राणा

नेपाली काङ्ग्रेसका महाधिवेसन प्रतिनिधि प्रणाय समशेर राणा पुर्व सैनिक अधिकृत तथा द्वन्द व्यवस्थापनका विज्ञ हुन्। प्राध्यापनमा समेत संलग्न उनि हालै नेपाली काङ्ग्रेसको कारवाहीमा परे पस्चात स्वतन्त्र उम्मेदवार बन्ने घोषणा गरेका छन्। रबि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यक्रममा अतिथी वक्ताको रुपमा गएकोले पार्टीले कारवाही गरेको उनको दाबि छ। उनले सम्भवत घण्टी चिन्ह बाट प्रतिस्पर्धा गर्न सक्नेछन्। सैनिक पृष्ठभुमि भएको र क्षेत्र नं ५ मा नै जन्मे हुर्केको हुनाले उनको व्यक्तिगत प्रभाव राम्रै रहेको छ।

४. हेमराज थापा

युवा अभियन्ता हेमराज थापा पनि क्षेत्र नं ५ मा नै उम्मेदवार बन्ने घोषणा गरेका छन्। त्रिभुवन विश्व विद्यालयको वेथिति विरुद्ध अनसन बसेर चर्चामा आएका उनि युट्युबका अन्तरवार्ता हरुमा राम्रै छाईरहन्छन्। ५ ‘ख’ प्रदेश सभाका स्वतन्त्र उम्मेदवार कृष्ण तामाङ सँग सहकार्य र समन्वय गर्दै आफ्नो चुनावी अभियान गरिरहेका थापाले भेटघाटको क्रमलाई निरन्तरता दिईरहेका छन्।  

५. विजय कँडेल

अष्ट्रेलियाबाट फर्किएर कृषि व्यवसायमा रमाईरहेका विजय कंडेल व्यवसायि हुन्। हाईजेनिक मिट सप नामक चेन मिट शप चलाईरहेका उनले सामाजिक संस्था मार्फत अभियान हरु चलाईरहेका छन्। शिवपुरी स्कुल नजिकै कार्यालय खोलेर चुनावि तयारी गरिरहेका उनले व्यक्तिगत भेटघाटको क्रमलाई तिव्रता दिएका छन्। उनको दाबि छ, ‘मेरो प्रतिस्पर्धा सिधा ईश्वर पोखरेल सँग हो। अरु उम्मेदवारको बारेमा आफु जानकार रहेपनि मेरो मत धेरै आउछ।’

६. शैलेन्द्र बस्नेत

पत्रिका, रेडियो र टेलिभजनमा गरी एक दशक बढी समय विताएका शैलेन्द्र बस्नेत यो पटक काठमाडौ क्षेत्र नम्बर ५ मा स्वतन्त्र उम्मेद्वारी दिंदै राजनीतिको मैदानमा उत्रिएका छन् । राजधानी दैनिकबाट सत्रिय पत्रकारिताको सुरुवात गरेका बस्नेत स्कुल पढ्दैदेखि विभिन्न सामाजिक विषयवस्तुमा लेखहरु लेखिरहन्थे । सानैदेखि कविता र गीत लेख्दै आएका बस्नेतको साहित्यमा पनि उत्तिकै रुचि छ । उनका केहि गीतहरु रेकर्ड पनि भएका छन् ।

७. मधुसुदन पाठक (सिते बा)

सक्किगोनि’ हाँस्य टेलिश्रृंखलाका कलाकार मधुसुदन पाठक (सिते बा) पनि प्रतिनिधी सभाको स्वतन्त्र उम्मेदवार बन्दै छन्। ‘लौरो’ अभियान मार्फत ‘लौरो’ चुनाव चिन्हमा प्रतिश्पर्धा गर्न लागेका पाठकको टोखामा कृषि फार्म रहेको छ।

बिएसजी न्युज जानकारी पाएसम्म अझै केही स्वतन्त्र उम्मेदवारहरु क्षेत्रमा आउन ईच्छुक छन्। यस्तो अवस्थामा मतदाताहरु अलमल्लमा पर्न सक्ने स्थिति छ। सातै जना योग्य उम्मेदवारहरु मैदानमा आएको अवस्थामा सबैले आफ्नो सकेको शक्ति प्रदर्शन गर्नेछन्। उक्त अवस्थामा दललाई नै सजिलो हुने सम्भावना पनि छ।

स्थानीय निर्वाचनको मतलाई आधार बनाउने हो भने नेकपा एमाले सशक्त रुपमा यो क्षेत्रमा पहिलो अवस्थामा रहेको छ। दोश्रोमा नेपाली काङ्ग्रेस रहेको छ। यस क्षेत्रमा काठमाडौं महानगरपालिकाका वडाहरू २, ३, ४ र ५ तथा टोखा नगरपालिकाका वडाहरू २, ३, ४, ५, ६ र ७ पर्छन् । त्यस्तै बूढानीलकण्ठ नगरपालिकाका ३, ४, ५, ६ र ७ पनि यस क्षेत्रअन्तर्गत पर्छन्।