चीन राष्ट्रिय तथ्यांक ब्यूरोले जनवरी १७ तारिख सन् २०२२ को चीनको आर्थिक तथ्याङ्क सार्वजनिक गरेको छ। प्रारम्भिक हिसाबका अनुसार,गत वर्ष चीनको कूल गार्हस्थ उत्पादन मात्रा १२१० खर्ब २ अर्ब ७० करोड चिनियाँ युआन पुगेको छ। जुन सन् २०२१ को तुलनामा ३ प्रतिशतले वृद्धि हो। सन् २०२० मा चीनको कूल गार्हस्थ उत्पादन मात्रा १००० खर्ब चिनियाँ युआन पुगेको थियो र सन् २०२१ मा ११०० खर्ब चिनियाँ युआन पुगेपछि चीनको कूल गार्हस्थ उत्पादन मात्रा फेरि पनि नयाँ स्तरमा पुगेर १२०० खर्ब चिनियाँ युआन नाघेको हो।

भूराजनीतिक अशान्ति, विश्व अर्थतन्त्रको बढ्दो नकारात्मक जोखिम र बारम्बार देखिने घरेलु महामारी जस्ता धेरै अप्रत्याशित कारकहरूको प्रभावमा चीनको अर्थतन्त्र दबावको सामना गर्दै नयाँ उचाइमा पुग्न सजिलो छैन। अन्तर्राष्ट्रिय मुद्रा कोषको पूर्वानुमान अनुसार सन् २०२२ मा अमेरिका र जापानको जीडीपी वृद्धि २ प्रतिशतभन्दा बढी हुने छैन । जर्मनीले आफ्नो १.९% को अनुमानित वृद्धि दर प्रकाशित गरेको छ। विश्वलाई हेर्दा सन् २०२२ मा चिनियाँ अर्थतन्त्रको ३ प्रतिशतको वृद्धिदर अधिकांश प्रमुख आर्थिक समूहहरूको तुलनामा उच्च छ, जसले यसको बलियो लचिलोपन र सक्रियता झल्काउँछ।

समष्टिगत रुपबाट हेर्दा सन् २०२२ मा चीनको आर्थिक स्थिति “स्थिरताका साथ बढेको छ”। एकातिर आर्थिक मात्रा समुचित रुपमा बढेको आधारमा रोजगारी र मालसामानहरुको भाउको स्थिरता कायम छ। अर्कातिर चीनले गुणस्तरिय विकासलाई अघि बढाउँदै आएको छ। सिर्जना सम्बन्धी प्रेरक शक्ति निरन्तर रुपमा संकलन भएको कुराले चीनको गुणस्तरिय विकास तथा विकास सम्बन्धी नयाँ रुपरेखाको निर्माणलाई अघि बढाउँदै आएको छ।

चीनमा महामारीको प्रतिरोध तथा नियन्त्रण नयाँ अवधिमा प्रवेश भएको सिलसिलामा चीनको अरु बढी आर्थिक प्रेरक शक्ति रहँदै आएको छ। अहिलेसम्म चीनको आन्तरिक उडानको संख्या सन् २०१९ को तुलनामा ८० प्रतिशत भन्दा बढी पुगेको छ।

गत वर्षको अन्त्यमा आयोजना भएको चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय आर्थिक कार्य सम्मेलनले ‘आर्थिक सञ्चालनको समग्र सुधारलाई प्रवर्द्धन गर्ने’र ‘स्थिरता कायम गर्दै प्रगति खोज्ने’भन्ने आग्रह स्पष्ट उल्लेख गरेको थियो । अमेरिकाको《ब्यारोन्स》का लेखिका रेश्मा कपाडियाको विचारमा चिनियाँ सरकारको नीतिका कारण सन् २०२३ मा चीन नै कर्पोरेट मुनाफा र जीडीपीमा उल्लेख्य वृद्धि हासिल गर्ने अपेक्षा गरिएको एक मात्र प्रमुख देश हुनसक्ने छ। अन्तर्राष्ट्रिय मुद्रा कोषका प्रबन्ध निर्देशक जर्जिएभाले पनि हालै भनेका छन् कि सन् २०२३ मा विश्वव्यापी आर्थिक वृद्धिलाई बढावा दिन चिनियाँ अर्थतन्त्र सबैभन्दा महत्त्वपूर्ण कारक बन्ने सम्भावना छ।

हाल धेरै विदेशी कम्पनीहरूले आफ्ना वास्तविक गतिविधिले चिनियाँ अर्थतन्त्रलाई समर्थन गर्ने मत दिएका छन्। उदाहरणका लागि जर्मन औद्योगिक कम्पनी बोश समूहले चीनमा विश्वको अग्रणी उत्पादन प्रविधि लागू गर्ने र चिनियाँ बजारमा लगानी बढाउने योजना बनाएको छ। यस कम्पनीका सञ्चार निर्देशक इरिना अनन्येभाले भनिन्, "चीन विश्वको सबैभन्दा ठूलो कार बजार हो भने यसको विशाल जीवन्त र लचिलो शक्ति छ। हामी चिनियाँ बजारको भविष्यप्रति विश्वस्त छौँ।"

नयाँ वर्षमा अन्तर्राष्ट्रिय वातावरण जटिलताका साथ परिवर्तन भएको र चीनको आर्थिक पुन:उत्थानको आधार दरिलो नभए तापनि चीनको आर्थिक स्थितिलाई सुधार गर्ने छ। विश्वको प्रख्यात व्यवसायी एवम् लगानीकर्ता लार्स टभेदको भनाई अनुसार, “विश्वमा जीडीपीको वृद्धि मात्रा सबैभन्दा बढी भएको मुलुक यथावत रुपमा चीन हो”।-CRI