बूढानीलकण्ठ नगरपालिकाको न्यायिक समितिको आयोजनामा सञ्चालित आठ दिने मेलमिलापसम्बन्धि आधारभूत तालिमको आज समापन गरिएको छ। 

मिति २०७९ असोज ५ गतेदेखि शुरु गरिएको उक्त तालिममा बू.न.पा. का विभिन्न वडाहरुबाट गरि करिव २३ जना र नगरपालिकाका विभिन्न कर्मचारीहरु समेत गरि कुल ३२ जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको थियो। 

आज समापन गरिएको उक्त कार्यक्रममा प्रमुख अतिथिमा नगरपालिकाका प्रमुख मिठाराम अधिकारी, विशेष अतिथिमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख पूर्व आयुक्त सूर्यनाथ उपाध्याय र पूर्व मुख्यान्यायाधीस तथा तालिमका प्रशिक्षक सुरेन्द्र वीर सिंह बस्न्यात, अतिथिमा अधिवक्ता, सम्भव मेलमिलाप केन्द्रका अध्यक्ष तथा प्रशिक्षक दुर्गा प्रसाद अर्याल, अधिवक्ता तथा सम्भव मेलमिलाप केन्द्रका सचिव तथा प्रशिक्षक कविर कुमार श्रेष्ठ, नगरपालिकाका विभिन्न वडाहरुका वडाध्यक्ष, कार्यपालिका सदस्य, नगरपालिका महाशाखाका शाखा प्रमुख, विभिन्न वडाहरु सचिव, तालिमका सहभागि तथा अन्य व्यक्तिहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको अध्यक्षता नगरपालिकाका उप-प्रमुख तथा न्यायिक समितिका संयोजक अनिता लामाले गर्नुभएको थियो। आठ दिने तालिममा उपप्रमुख लामा समेत सहभागि रहेनुभएको थियो । 

आठ दिनसम्म सञ्चालित तालिम कार्यक्रममा वडा तथा नगरपालिकाको मेलमिलाप केन्द्र तथा मेलमिलापकर्ताहरुको विषयमा विभिन्न आधारभूत शिक्षा, मेलमिलाप सम्बन्धि राष्ट्रिय तथा अन्तराष्ट्रिय नियम तथा स्थानिय नियम तथा कार्यविधिहरु, कानून तथा ऐन लगायतका विभिन्न विषयमा आधारभूत तालिम प्रदान गरिएको थियो ।   

कार्यक्रममा सबै प्रशिक्षार्थीहरुलाई प्रमुख अतिथि तथा नगर प्रमुख अधिकारीले प्रमाणपत्र तथा प्रशिक्षकहरुलाई प्रशंसा पत्र वितरण गरिएको थियो। सो कार्यक्रममा ३२ जना प्रशिक्षार्थीहरुलाई मेलमिलापकर्ताका रुपमा अनिता लामाद्वारा शपथ ग्रहण समेत गराइएको थियो। कार्यक्रममा विभिन्न सहभागी, विशेष अतिथि, अतिथि लगायतहरुले आफ्नो मन्तव्य व्यक्त गर्दै नयाँ कार्यका लागि मेलमिलापकर्ताहरुलाई शुभकामना समेत व्यक्त गरिएको थियो।