नजिकिँदै गरेको होली र समग्र शान्ति सुरक्षाका निमित्त आज महानगरीय प्रहरी प्रभाग बुढानीलकण्ठको कार्यालयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

बुढानीलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारी र उप-प्रमुख अनिता लामा, महानगरीय प्रहरी प्रभाग बुढानीलकण्ठका प्रमुख प्रहरी निरिक्षक दिपेन्द्र ठकुरी, बु.न.पा. वडा नं १ देखि ८ र १३ का वडाका वडाध्यक्षका साथै प्रहरी प्रभाग बुढानीकण्ठका प्रमुख, ट्राफिक प्रहरी प्रमुख सामुदायिक प्रहरी सेवा केन्द्र बुढानीलकण्ठ र अन्य समाजसेवी व्यक्तित्वहरुको उपस्थितिमा नजिकिएको होली पर्व मनाउनका लागि विभिन्न किसिमका विषय उपर छलफल भएको छ ।

साथै उक्त क्षेत्रहरुको समग्र शान्ति सुरक्षा अमन चयन कायम गर्रे बिषयमा नगरपालिकाका प्रमुख तथा उपप्रमुखको उपस्थिति तथा अन्तरक्रिया गरिएको छ ।