काठमाडौँ, साउन १९ गते । गत असार १७ देखि साउन १६ सम्मको अवधि (जुलाई)मा दुई हजार ९९१ जना पर्यटक नेपाल भित्रिएका छन् ।

सनर २०१९मा कोभिड सुरु हुनुअघि सोही अवधिमा ४४ हजार ३६९ पर्यटक हवाई मार्गबाट नेपाल भित्रिएका थिए । त्यस्तै सनर २०२० को सोही अवधिमा १९५ जना पर्यटक हवाई मार्गबाट भित्रिएको पर्यटन बोर्डले जनाएको छ ।

जनवरीदेखि जुलाईसम्मको अवधिमा भने कुल ६१ हजार ४९ जना पर्यटक नेपाल भित्रिएका छनर । बोर्डका अनुसार जनवरीमा आठ हजार ८७४, फेब्रुअरीमा नौ हजार १४६, मार्चमा १४ हजार ९७७ पर्यटक नेपाल भित्रिएका छन् ।

अप्रिलमा २२ हजार ४५०, मेमा एक हजार ४६८, जुनमा एक हजार १४३ पर्यटक नेपाल भित्रिएका हुनर । समीक्षा अवधिमा नेपाल आउने पर्यटकमा सबैभन्दा बढी भारतीय छन् । हवाई मार्गबाट नेपाल भित्रिने भारतीयको सङरख्या हिस्सा ३६.९ प्रतिशत रहेको छ ।
त्यस्तै एसियाली मुलुकहरूबाट १३३ पर्यटक नेपाल आएका थिए । त्यसमध्ये दक्षिण कोरियाबाट सबैभन्दा धेरै ५८ जना भित्रिएका थिए भने चीनबाट ५० जना पर्यटक नेपाल आएका थिए ।

यस अवधिमा युरोपबाट ४१७ जना पर्यटक नेपाल भित्रिएका थिए । त्यसमध्ये सबैभन्दा बढी बेलायतबाट १८५ पर्यटक नेपाल आएका थिए ।

त्यस्तै बेल्जियमबाट ४५, फ्रान्सबाट ४१, जर्मनबाट ३४ पर्यटक नेपाल आएका थिए । अमेरिकाबाट ८१९, क्यानडाबाट ७८, अस्ट्रेलियाबाट ५२ पर्यटक नेपाल भित्रिएका तथ्याङ्क बोर्डले सार्वजनिक गरेको छ ।

-गोरखापत्र