बुढानिलकण्ठ नगरपालिकामा धेरै समय पश्चात बुढानिलकण्ठ नगरपालिका उद्योग वाणिज्य संघ गठन भएको छ। मिति २०८०-१२-२० गतेका दिन जिल्ला प्रशासन कार्यालय काठमाडौँमा  १३ सदस्ययी सहित बुढानिलकण्ठ नगरपालिका उद्योग वाणिज्य संघ दर्ता भई कार्यसमिति गठन गरिएको उक्त वाणिज्य संघका अध्यक्ष महेश भण्डारीले जानकारी दिनु भएको छ।

बुढानिलकण्ठ नगरपालिका उद्योग वाणिज्य संघको कार्यसमितिको अध्यक्षमा महेश भण्डारी ,उपाध्यक्ष कपिल खत्री , उपाध्यक्ष श्याम बाबु श्रेष्ठ ,महा-सचिव बिकाश श्रेष्ठ ,सचिव कुमारी भट्टराई ,कोषाध्यक्ष भरत अधिकारि, सह- कोषाध्यक्ष दिनेश कटुवाल ,सदस्यहरु अनन्त देवी कटुवाल ,शान्ति लामा ,कल्पना पौडेल ,शान्तामाया सापकोटा ,सुरेश श्रेष्ठ ,कमल खरेल रहेका छन्। नगरपलिका  भित्र रहेका उद्योग ,व्यापारका समसमायिक विकास र व्यवसायीहरुको हक-हितका लागि संघ ले कार्य गर्ने संघका अध्यक्ष महेश भण्डारीले बताएका छन्। विशेष गरि  बुढानिलकण्ठ नगरपालिका भित्र छरिएर रहेका औधोगिक व्यापारिक एवं वित्तिय संघ संस्थाहरुको हक-हित , विकास र सकारात्मक भूमिका निभाउने संघको मुख्य भूमिका रहने अध्यक्ष भण्डारी जानकारी दिएका छन्। अध्यक्ष महेश भण्डारी लक्जरी टुर्स एण्ड ट्रेक्स प्रालिका संचालक हुन् भने नेपाल उद्योग बाणिज्य संघको व्यापारिक मेला समितिको आमन्त्रित सदस्य सम्म रहेका छन्।