काठमाडौं– सत्तारुढ नेपाली कांग्रेस र प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले महानगर/उपमहानगरपालिकाको मेयर तथा उपमेयरको टुंगो लगाउँदैछन् ।वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि कांग्रेसले अपरान्ह २ बजे केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।एमालेले अपरान्ह ३ बजे वालकोटस्थित अध्यक्ष केपी शर्मा ओलीको निवासमा सचिवालय बैठक बोलाएको हो ।निर्वाचन आयोगको कार्यतालिका अनुसार उम्मेदवार मनोनयन भोलि र पर्सी हुँदैछ ।