नेपाली साहित्यका भिन्न भिन्न विधामा कलम चलाइरहनु भएकी सुशीला पाैडेलका नवीनतम दुई कृतिहरू एकसाथ लाेकर्पण गरिएकाे छ ।

दुई दशकदेखि गजल लेखनमा पनि कलम चलाउँदै आउनुभएकी पाैडेल पछिल्ला एक दशकदेखि मुक्तक लेखनमा पनि नियमित कलम चलाउँदै आउनु भएको छ ।उहाँका “मुक्तक मनुषी” (मुक्तक सङ्ग्रह) र “खुसीविनाको मुस्कान” (गजल सङ्ग्रह) लाई राजधानीको प्रज्ञा प्रतिष्ठानमा एक विशिष्ट कार्यक्रमबीच लोकार्पण गरिएको छ । प्रमुख अतिथि नेपाली कांग्रेसका महामन्त्री गगन थापाले साहित्यकारहरू दिनेश अधिकारी, एस्पि कोइराला, डा.गीता त्रिपाठी, चुडामणि देवकोटा आदिका साथमा मुक्तक तथा गजल संग्रह लोकार्पण गर्नुभयो ।

प्राध्यापन पेशामा समेत सक्रिय पौडेलका चार दर्जन गीत रेकर्ड भैसकेका छन् । गीत लेखनका क्षेत्रमा परिचित रहेकी पाैडेलकाे ‘तृषा’ नामक उपन्यास चर्चित मानिन्छ ।