नेकपा (एकीकृत समाजवादी) बूढानीलकण्ठद्वारा नगरपालिकामा नवनिर्वाचित नगर प्रमुख मिठाराम अधिकारी तथा उपप्रमुख अनिता लामालाई बधाई तथा ज्ञापन पत्र हस्तान्तरण गरेको छ।
कार्यक्रममा नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा काठमाडौँ जिल्ला अध्यक्ष कुसुमकुमार कार्की लगायत नेकपा एकीकृत समाजवादीका बूढानीलकण्ठ नगरपालिकाका प्रत्यासी प्रमुख उम्मेदवार बालकृष्ण श्रेष्ठ, उपप्रमुख प्रमिला सापकोटा सहितको उपस्थितमा सो पार्टीको कार्ययोजना तथा कार्यक्रमको प्रतिवद्धतापत्र समेत हस्तान्तरण गरिएको छ।
आगामी आर्थिक वर्ष २०७९/८० का लागि निर्माण गरिने नीति तथा कार्यक्रममा सो पार्टीद्वारा प्रतिवद्धतामामा उल्लेख गरिएका नीति तथा कार्यक्रमहरुलाई समेत समावेश गरि यस नगरपालिकाद्वारा विभिन्न समस्याहरुको समाधानका उपायहरु समेत अपनाउनुपर्ने सुझाव व्यक्त गरिएको थियो।
कपनलाई डुबान मुक्त क्षेत्र र ऐतिहासिक बूढानीलकण्ठ मन्दिर निर्माण गर्ने जस्ता गौरवको आयोजनाहरुमा ध्यानाकर्षण गराएको छ। त्यस्तै नगरपालिकाले गर्दै आएको र भावी समयमा गर्ने सबै राम्रो काम कार्यहरुको समर्थन गर्दै भ्रष्टाचार,अव्यवस्थित प्लटिङ,बालुवा एवं खोलानालाको बिनास जस्ता प्रकृतिदोहनका कार्यहरू विरुद्ध खबरदारी गरेको छ।
कार्यक्रममा बागमती प्रदेशका सदस्य समेत रहेका कुसुमकुमार कार्कीद्वारा आफू पनि जनताहरुद्वारा निर्वाचित प्रतिनिधि रहेको सोही क्षेत्रको एक परिवारको सदस्य रहेको बताएका छन्।
नगरपालिका प्रमुख प्रत्यासी उम्मेदवार बालकृष्ण श्रेष्ठले नगरपालिकामा हुने गरेको जनताको सेवामा चुस्तदुरुस्त र छिटोछरितो कामहरु सम्पन्न गराउन अनुरोध गरेका थिए ।
उक्त कार्यक्रममा नेकपा एकीकृत समाजवादी स्थानिय तहको निर्वाचनमा सहभागी रहेका उम्मेदवारहरुका साथै पार्टीका प्रतिनिधिहरुको समेत उपस्थिति रहेको थियोे ।
प्रतिकृयाहरु