भारतको झारखण्डमा आयोजना भएको इण्डो-नेपाल कराते च्याम्पियनशिपमा नेपालका तर्फबाट खेलमा सहभागी भएको समुह बूढानीलकण्ठ नगरपालिकाको वडा नं ८ गोल्फुटारमा रहेको सितोरियो कराते गोल्फुटार डोजोले जीत हासिल गरेको छ। उक्त समुहमा ७ जना बूढानीलकण्ठका खेलाडी र २ जना भक्तपुरका गरि ९ जनाको टोली खेलमा सहभागी रहेका थिए।

खेलमा सहभागी रहेका मध्ये ८ जनाले स्वर्ण पदक हासिल गरेका थिए भने १ जनाले रजत पदक प्राप्त गरेका थिए। 

खेलाडीहरुलाई डोजोका प्रमुख प्रशिक्षक बूढानीलकण्ठ वडा नं १ का सरोज श्रेष्ठको नेतृत्वमा गएको टोलीलाई प्रशिक्षण तथा तालिम दिएका थिए। त्यस्तै यस कार्यक्रमको अगुवाई बू.न.पा वडा नं ८ का निवर्तमान वडाध्यक्ष तथा नगरपालिकाका युवा तथा खेलकुद विकास समितिका अध्यक्ष सुमन तामाङ्गले गरेका थिए। 

उक्त प्रतियोगिता बैशाख ७ देखि १२ गतेसम्म सञ्चालन भएको थियो। 

खेलमा सहभागी रहेका व्यक्तिहरुको उमेर समुह सहितको विवरणः 

  • दिपिका परियार (U-12, महिला)- स्वर्ण (वडा नं १३)
  • प्रणव बराल (U-13)- रजत पदक (वडा नं ८)
  • आकाश थापा मगर (खुला) २८ वर्ष- स्वर्ण पदक (वडा नं ७)
  • दशरथ तामाङ्ग १६ वर्ष (U-16): स्वर्ण पदक (वडा नं ८)
  • प्रकाश तामाङ्ग (U-13): स्वर्ण (वडा नं ८)
  • शोनम बोहोरा (U-14): स्वर्ण (वडा नं ८)
  • शुसान्त थापा मगर (U-15): स्वर्ण (वडा नं ८) 
  • एरिस शर्मा (U-18): स्वर्ण (भक्तपूर)
  • शौजन मधिकणी (U-22): स्वर्ण (भक्तपूर)