विश्वभर कोरोना भाईरस (कोभिड १९) संक्रमणको महामारीले विपद् निम्त्याएको अवस्था रहेको छ। नेपालमा समेत कोरोना संक्रमणको संख्यामा समेत बढ्दो रहेको छ। नेपालमा बन्दाबन्दी गरिरहेको आज करिव ५८ दिन भइसकेको अवस्थामा विभिन्न किसिमका समस्या उत्पन्न भइरहेको अवस्था सिर्जना भएको छ। बन्दाबन्दिकै समयको मौका छोपी काठमाडौँ उपत्यका भित्र लगायत अन्य विभिन्न स्थानहरुमा चोरीका घटनाहरु समेत बढिरहेको छ। 

चोरी तथा लुटपाट घटना नियन्त्रण गर्नाका लागी महाशाखा तथा महानगरिय प्रहरी वृत्त गौशालाद्वारा सुरक्षकर्मीहरुको टोली खटाएको थियो। संयुक्त प्रहरी टोलीले खटाइएको गस्ति निग्रानी मार्फत २०७६ चैत्र ०३ गते काठमाडौँ महानगरपालिका वडा नं ९ सिनामंगलमा रहेको Arer 51 होस्टेलबाट विभिन्न समयमा चोरी भएका ४ थान ल्यापटप र २०७६ चैत्र २४ गते दिउँसोको समयमा का.म.न.पा. वडा नं ७ चावहिल भत्केको पुल स्थित डा. सुबिन मानन्धरको बाट भएको चोरी गरिएको  सामाग्रिहरु बरामद गरिएको छ। बरामद भएका सामानहरु एउटा Apple कम्पनीको ल्यापटप, दुई थान Apple कम्पनिको I pad, विभिन्न ब्राण्डका छवटा मोबाईल, छ थान धारिला हतियार, दुई थान प्रोजेक्टर, एउटा क्यानन (CANON) कम्पनिको क्यामेरा, नगद रु.५३,०००/- अमेरिकन डलर ३००/- चाईनिज युयान, avenger मोटरसाईल र AP1 टलिभिजनको कार्ड रहेका छन्। 

 चोरीमा संलग्न रहेका व्यक्ति मध्येका एक सुसरी जिल्ला ईटहरी उपमहानगरपालिका वडा १४ का स्थायी वासिन्दा हाल काठमाडौँको धुम्बाराहीमा बस्दै आएका २१ वर्षिया आश्रय सिजाल हिमाल उर्फ हम्मे भनिने हिमाल रसाईली रहेका छन् दोस्रो पक्राऊ व्यक्ति करिव २८ वर्षिया अलि आलम मिया जो हाल काठमाडौँको ओमबहालमा बस्दै आएका छन् र स्थायी घर बारा जिल्ला बड्की फूलबारी गाउँपालिका ३ को रहेको जानकारी प्राप्त भएको छ। चोरीमा संलग्न रहेका ति दुवै व्यक्तिहरुलाई चोरी भएका सामान सहित यहि जेठ ०६ गते चाबहिल भत्केको पुलबाट पक्राउ गरिएको छ। हाल ति दुवैलाई महानगरीय प्रहरी वृत्त गौशालाबाट थप अनुसन्धान कार्य भइरहेको वृत्तले जानकारी प््रदान गरेको छ।

साथै यस घटनाका अनुसन्धानको क्रममा प्राप्त भएका सि.सि.टिभि फुटेजलाई अध्ययान गर्दा चोरी गर्ने क्रममा  देखिएको Avenger मोटरसाईकल रोकी सोधपुछ गर्ने क्रममा निज चोरीमा संलग्न व्यक्तिहरुले प्रहरीबाट उम्कन AP1 टेलिभिजनको प्रेसकार्ड देखाई आफुलाई पत्रकार हो भनि समेत बताएका थिए। सो व्यक्तिको झोलाको तलासी गरिँदा चोरी भएका सामानहरु प्राप्त भएका हुन्। 

श्रोत नेपाल प्रहरी, महानगरिय अपराध महाशाखा