प्रधानमन्त्रीको ट्वीटर अकाउन्ट पुनःसुचारु भएको छ। बुधबार साँझदेखि अनाधिकृत रुपमा प्रवेश गरेर असम्बन्धित ट्वीट गरिएको थियो। प्रधानमन्त्रीका प्रेस विज्ञ मनहरि तिमल्सिनाका अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको ट्वीटर ह्यान्डल @PM_nepal_ बिहीबार दिउँसोदेखि सञ्चालन भएको हो। 

 उहाँले अनाधिकृत रुपमा प्रधानमन्त्रीको ट्वीटर ह्याण्डलमा प्रवेश गरेको विषयमा छानबिन हुने जानकारी दिनुभयो। घटनाबारे छानबिन गरेर सत्यतथ्य छिट्टै सार्वजनिक गर्ने उहाँको भनाइ छ। 


ट्वीटर ह्यान्डल सञ्चालन भएपछि सार्वजनिक गरिएको जानकारी