२०४८ सालदेखि निरन्तर रुपमा शैक्षिक क्षेत्रमा योगदान दिदै आएको यस भद्रकाली इङलिस मिडियम स्कुलले विद्यार्थीको खेलकुदको विकास तथा विद्यालय विद्यालय बिचको भाइचारा सम्बन्ध बढाउने उदेश्यले गत माघ २७ गते देखि सुरु गरेको दोस्रो भद्रकाली कप अन्तर विद्यालय बास्केटबल प्रतियोगिता अन्तर्गत आजको प्रतिस्पर्धामा भ्याली पब्लिक स्कुलले ३ वटै समुहमा विजय प्राप्त गरेको छ ।सिनियर ब्वाइज तर्फ हिमालय एकेडेमी लाई ३३ २२ ले स्कोरले पराजित गरेको छ ।त्यसैगरी छात्रा तर्फ २२ १७ अङ्कले ग्रीन्ल्याण्ड स्कुललाई पराजित गर्दै भ्याली पब्लिक क्वाटर फाइनलमा प्रवेश गरेको छ त्यस्तै जुनियर ब्वाइजमा पनि भ्याली पब्लिकले किङ्डम स्कुललाई पराजित गरी क्वाटर फाइनलको यात्रा तय गरेको छ ।त्यस्तै आजका अन्य खेलहरुमा नेपाल मोडेल ,नेशनल युनाइटेड तथा आयोजक भद्रकाली स्कुलले पनि जित हासिल गरेका छन ।