काठमाडौं क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका गगन थापा निर्वाचित हुने निश्चित भएको छ । 

कुल खसेको ४५ हजार ९१० मतमध्ये हालसम्म ४१ हजार ५७ गणना हुँदा थापाको १९ हजार १८ पाउनुभएको छ । उहाँका प्रतिस्पर्धी नेकपा एमालेका राजन भट्टराईले १३ हजार ३२ मत ल्याउनुभएको निर्वाचन अधिकृत शारदादेवी पौडेलले बताउनुभयो ।  

अहिलेसम्मको मतगणनामा थापा भट्टराईभन्दा पाँच हजार ९८६ मतले अगाडि रहनुभएको छ । अव गन्न बाँकी चार हजार ८५३ मत मात्र बाँकी रहेको छ । तर पाँच हजार बढी नै मतले थापा अघि रहेकाले जित निश्चित भएको हो ।