थाईल्याण्डमा आयोजना हुने थाईल्याण्ड वल्र्ड फुटभली च्याम्पियनशीप २०१९ मा प्रतिष्पर्धा गर्न नेपाली फुटभली टोली थाईल्याण्ड प्रस्थान गरेको छ । नेपालको प्रतिनिधित्वो गर्दै थाईल्याण्ड प्रस्थान गरेका टोलि लाई नेपाल फुटभलि संघका अध्यक्ष मनिष" राम "जोशीले बिदाई गर्दै शुभकामना समेत व्यक्त गर्नु भएको थियो ।थाईल्याण्ड जाने नेपाली टोलीको व्यवस्थापकमा हरि महर्जन, टिम प्रशिक्षकमा निरञ्जन डङ्गोल र खेलाडीद्वयमा बुद्ध महर्जन र कुमार लवत् रहेका छन् ।

टोलीलाई बिदाई गर्दै संघका अध्यक्ष जोशीले नेपालमा फुटभली खेलको सम्भावनालाई मध्यनजर गर्दै राखेपमा दर्ता रहेको फुटभली संघको नयाँ कार्यसमितिको चयन आगामी कार्तिक मसान्त भित्र गर्ने जानकारी गराउनु भयो ।

उहाँले नेपाली टोलीलाई शुभकामना दिंदै दक्षिण एशियामा नेपालले जित हात पारिसकेको तथा एयिशन च्याम्पियनशीपमा निकैनै राम्रो प्रदर्शन गरिसकेको नेपालले यस विश्व च्याम्पियनशीपमा पनि आफ्नो छाप छोड्न सफल हुने विश्वास व्यक्त गर्नुभयो