बूढानीलकण्ठ नगरपालिकामा मतदाता नामावली संकलन कार्यक्रम शुरु हुने भएको छ। बूढानीलकण्ठ नगरपालिकाको केन्द्र अर्थात बूढानीलकण्ठ नगरपालिका कार्यपालिका भवनमा सो कार्यक्रम वडागत रुपमा विभिन्न मितिहरु तोकि सञ्चालन हुने भएको छ। 

नगरपालिकाका वासिन्दाहरुलाई आफ्नप नागरिकताको प्रमाणपत्रको सक्कल र प्रतिलिपी (फोटोकपी), तथा नागरिकताको प्रमाणपत्र भन्दा फरक स्थानको मतदाता नामावलीमा नाम दर्ता गराउन चाहाने व्यक्तिहरुले उक्त स्थानमा बसाईँ सराई वा विवाह भइ आएको खण्डमा विवाह दर्ता प्रमाण पत्रका साथ मतदाताको फोटोसहित नगरकार्यपालिका भवनमा तपशिल बमोजिमका मिति तथा स्थानमा उपस्थित हुन अनुरोध गरिएको छ। 

नाम संकलनका लागि समय बिहान १० बजे देखि ४ बजेसम्मका लागि तोकिएको छ।

क्र.सं

सेवा प्राप्त हुने वडाहरु मिति

कैफियत

१.  १, २,३ ४ र ५  २०७८ पौष ४ देखि ६ गते सम्म ३ दिन
२.  ६,७, ८ र ९ २०७८ पौष ७ देखि ९ गते सम्म ३ दिन
३. १० र ११ २०७८ पौष १० देखि १२ गते सम्म ३ दिन
४. १२ र १३ २०७८ पौष १३ र १४ गते २ दिन
५.  उपरोक्तानुसारको मितिमा मतदाता नामावलीमा नाम दर्ता गराउन छुट भएकाहरुका लागि २०७८ पटष १५, १६, १७ र १८ गते ४ दिन

नोटः नागरिकताको स्थायी ठेगानामा मतदाता नामावलीमा नाम दर्ता गर्नका लागि जिल्ला निर्वाचन कार्यालय काठमाडौँ तथा निर्वाचन आयोग कान्तिपथमा सम्पर्क राख्नुहुन अनुरोध तथा जानकारी गराइन्छ।