संसारका सबैभन्दा धनी शासकमध्येका एक संयुक्त अरब एमिरेट्स (यूएई)का अध्यक्ष शेख खलिफा बिन जाएद अल-नाह्यानको ७३ वर्षको उमेरमा निधन भएको छ।

शेख खलिफा सन् २००४ देखि यूएईका अध्यक्ष थिए तर सन् २०१४ मा मस्तिस्काघात भएयता उनको भूमिका धेरैजसो आलङ्कारिक रहँदै आएको थियो।

उनका सौतेनी भाइ मोहमद बिन जाएद अल-नाह्यान अब राज्यको मामिलाका प्रमुख बनेका छन्।

अल-नाह्यान परिवारसँग १५० अर्ब डलर बराबरको सम्पत्ति रहेको विश्वास गरिन्छ।

यूएईको अध्यक्षका साथै शेख खलिफा अबुधाबीका शासक पनि थिए।

अबुधाबी यूएईमा आबद्ध सातवटा अमिरातको समूहको तेलधनी राजधानी पनि हो।

उनको निधनको खबर सरकारी डब्ल्यूएएम समाचार एजेन्सीले घोषणा गरेको थियो।

अध्यक्षको कार्यालयसम्बन्धी मन्त्रालयले ४० दिन लामो शोकको घोषणा गरेको छ र शुक्रवारदेखि नै झण्डाहरू आधा झुकाइने छन्।

तीन दिनसम्म सरकारी र निजी क्षेत्रहरूमा सबै काम स्थगित हुने छन्।

के भयो थियो?

शेख खलिफाले सन् २००४ को नोभेम्बरदेखि यूएईको दोस्रो अध्यक्षका रूपमा कार्यभार सम्हालेका थिए। उनी आफ्ना बाबुका उत्तराधिकारीका रूपमा अबुधाबीका १६ औँ शासक हुन्।

शासनको पहिलो दशक उनले सङ्घीय सरकार र अबुधाबी दुवैमा ठूलो स्तरको पुनर्संरचना कार्यको अध्यक्षता गरेका थिए।

मस्तिष्काघात भएपछि उनलाई सार्वजनिक रूपमा विरलै देखिन्थ्यो। तर उनले विभिन्न निर्देशनहरू जारी गर्ने कार्यलाई निरन्तरता दिइराखेका थिए।

यूएईको संविधानअनुसार अब दुबईका शासक तथा उपाध्यक्ष शेख मोहम्मद बिन रशिद अल-मक्तुमले अन्तरिम अध्यक्षको जिम्मेवारी सम्हाल्ने छन्।

सातवटा अमिरातहरूका शासकहरूलाई एकै स्थानमा भेला गराउने यूएईको सङ्घीय परिषद्को बैठक नयाँ अध्यक्ष चयन गर्नकाला गि अबको ३० दिनभित्र बस्नुपर्नेछ।