इटहरीमा दुईवटा मोटरसाइकल एकआपसमा ठक्कर भइ दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ।विराटनगरबाट इटहरीतर्फ आउँदै गरेको को ४ प १४१० नम्बरको मोटरसाइकल र इटहरीबाट विराटनगरतर्फ जाँदै गरेको प्रदेश १-०२-०४१ प ४४११ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर भइ दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी खगेन्द्रबहादुर खड्काका अनुसार दुर्घटनामा प्रदेश १-०२-०४१ प ४४११ नम्बरको मोटरसाइकल चालक मोरङको बूढीगंगा गाउँपालिका १ बस्दै आएका अन्दाजी ३० वर्षीय ओजराज लुइँटेलको मृत्यु भएको हो ।
यस्तै, को ४ प १४१० नम्बरको मोटरसाइकलमा सवार धरान १५ बस्ने अन्दाजी ४० वर्षीय राजन राई र सोही स्थानका अन्दाजी ३२ वर्षीय शम्भु राईको मृत्यु भएको हो ।इटहरी १० स्थित विराटनगर लाइनमा शुक्रबार (आज) साँझ ५:२० बजे दुर्घटना भएको डीएसपी खड्काले बताए ।तीनैजनाको उपचारको क्रममा विराटनगरस्थित आर्य न्यूरो हस्पिटलमा मृत्यु भएको बताइएको छ ।“तीव्र गतिका कारण एकआपसमा ठक्कर भइ तीनजनाको मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ,” डीएसपी खड्काले भने, “घटनाबारे थप अनुसन्धान भइरहेको छ ।”