जेन्जी आन्दोलनका बेला शान्ति सुरक्षामा लापरवाही गरेको अभियोगमा काठमाडौका तत्कालीन प्रमुख जिल्ला अधिकारी छवि रिजाललाई पक्राउ गरिएको छ ।

रिजाललाई उहाँकै निवास सुविधानगरबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक मनोहरप्रसाद भट्टले जानकारी दिनुभयो ।

गौरीबहादुर कार्की आयोगको सिफारिस कार्यान्वयन गर्न तत्कालिन प्रमुख जिल्ला अधिकारी रिजाललाई पक्राउ गरिएको प्रहरी उपरीक्षक भट्टले बताउनुभयो ।