इलाम– मेची राजमार्ग अन्तर्गत इलामको रोङ गाउँपालिका वडा नं ४ पहिरोमा बिहिबार बिहान पिकअप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

झापाबाट सामान लिएर इलाम आउँदै गरेको प्रदेश १–१००१ च ७९१६ नम्बरको पिकअप दुर्घटना हुँदा झापा मेचीनगर ४ का ५८ वर्षीय रमेश थापा र सोही ठाउँका ४० वर्षीय सूर्य थापाको मृत्यु भएको हो । दुर्घटनामा घाइते सवारी चालक अर्जुन कोइरालाको झापाको बीएण्डसीअस्पतालमा उपचार भइरहेको प्रहरी चौकी जोरकलसले जानकारी दिएको छ ।

प्रहरीका अनुसार अनियन्त्रित भएर पिकअप सडकबाट ५०० मिटर तल पल्टिएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । घटना स्थलबाट सब उठाउने काम भइरहेको प्रहरीले जानकारी दिएको छ ।

बैतडी बस दुर्घटनाका घाइते आठ जनालाई डडेल्धुरा पठाइयो
कञ्चनपुरको महेन्द्रनगरबाट बैतडी आउँदै गरेको पवनदूत यातायातको बस पटन–पञ्चेश्वर सडक खण्डको रौतगउँमा दुर्घटना हुँदा घाइते भएका आठ जनालाई उद्धार गरेर उपचारका लागि डडेल्धुरा पठाईएको छ ।

बैतडीको पाटन–पञ्चेश्वर सडकखण्डको मेलौली नगरपालिका वडा–२, को रौतगाउँ नजिकै बिहीबार बिहान ना ७ ख २५७० नम्बरको पवनदुत यातायातको बस दुर्घटनामा परेको हो ।